2026-10-26 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा ३९ जनाको पिसिआर रिर्पोट नेगेटिभ

दान बहादुर बुढा | जेठ ८, मुगु | मुगु जिल्लाका चार वटै स्थानिय तहहरुमा संकलन गरिएका ३४७ स्वावहरु मध्य  परिक्षण गरिएका खत्याड गाँउपालिकाका ३९ स्वावहरुको पिसिआर रिर्पोट नेगटिभ आएको छ ।

परिक्षण हुन बाँकी रहेका ३११ जनाको स्वावहरुको रिर्पोट शुक्रबारसम्म आईपुग्ने कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लाले जानकारी दिएको र मंगलबार आरडिटी परिक्षणमा पोजेटिभ रिर्पोट आएकी खत्याड गाँउपालिका वडा नं ३ की १८ बर्षिय युवतीको स्वाव पिसिआर परिक्षणमा नेगटिभ रिर्पोट आएको पनि जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनु भयो ।

पछिल्लो समय जिल्लामा देश भित्रका विभिन्न ठाँउहरु र भारत तथा तेश्रो मुलकहरुमा अध्ययन, रोजगारी, औषधी उपचार गर्न गएका जिल्लाबासीहरु उद्धार गरि तथा लुकीछिपी जिल्लामा भित्रने क्रम बढेपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको निर्देशनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका विभिन्न स्थानहरुमा स्वाव संकलन केन्द्र स्थापना गरि स्वाव संकलन गरेका थिए ।

संकलित मध्य १५२ जनाको स्वाव मंगलबार हेलिकप्टर मार्फत र बाँकी १९५ जनाको स्वाव बुधबार स्थलमार्गबाट शिक्षण अस्पताल जुम्ला पठाइएको थियो । 

स्थनिय तहहरुका केन्द्रहरुमा बन्दाबन्धीको पालना भएपनि ग्रामिण क्षेत्र तिर त्यसको प्रभाव कमै भएको र स्थानियहरु सामान्य अवस्थामा झै जमघट हुने, मेलापर्व मनाउने, धार्मिक कृयाकलापमा सहभागी हुने जस्ता कार्य गरिरहेकाले कोरोना भाईरस कसैमा भएमा भुसमा आगो लागेझै भित्र-भित्र फैलने सम्भावना रहेकाले सरकारले आरडिटी भन्दा पिसिआर परिक्षणको  दायरा बढाउदै लिनु पर्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने