साउन ५, भक्तपुर । भक्तपुरमा सुरु हुन लागेको भूकम्पपीडितको लागत सङ्कलन कार्यलाई प्रभावकारी बनाउने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जिल्लाका सांसद र सरोकारवाला निकायबीच भएको छलफलमा लागत सङ्कलन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, भक्तपुर । भक्तपुरमा सुरु हुन लागेको भूकम्पपीडितको लागत सङ्कलन कार्यलाई प्रभावकारी बनाउने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जिल्लाका सांसद र सरोकारवाला निकायबीच भएको छलफलमा लागत सङ्कलन"/>
२८ मंसिर २०८२, शनिबार
भक्तपुर - BKT

सांसदले भूकम्पपीडितको लागत सङ्कलन गर्ने

५ श्रावण २०७३, बुधबार ०६:२३

साउन ५, भक्तपुर । भक्तपुरमा सुरु हुन लागेको भूकम्पपीडितको लागत सङ्कलन कार्यलाई प्रभावकारी बनाउने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जिल्लाका सांसद र सरोकारवाला निकायबीच भएको छलफलमा लागत सङ्कलन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। 

छलफलमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेले भूकम्पपीडितको लगत सङ्कलनमा अब कोही छुट्न नहुने बताउँदै पुनःनिर्माणको कार्यलाई छिटो अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले लागत सङ्कलन कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताए। जिल्ला समन्वय समितिका संयोजक एवम् सांसद अनुराधा थापामगरले एउटै घरमा छुट्टा भिन्नै बसेका भूकम्पपीडित जसको अन्यत्र बास नभएका अवस्थामा त्यस्ता भूकम्पपीडितलाई लागत सङ्कलनमा समेटिनुपर्नेमा जोड दिइन् । त्यसअवसरमा सांसद प्रेम सुवाल, रामेश्वर ढुङ्गेल र केदार सञ्जेलले लागत सङ्कलन कार्यलाई सबैले सघाउनुपर्नेमा जोड दिए।

पुनःनिर्माण प्राधिकरणका सहसचिव खेमराज कोइराला, समितिका सदस्य एवम् प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, लगत सङ्कलन कार्यालयका निर्देशक धर्मरत्न बज्रचार्यलगायतले लगत सङ्कलन कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। छलफलले प्राधिकरणबाट भएका कार्यमा समन्वय र अनुगमन गर्ने, समीक्षा गर्ने, कसैले ऐन विपरित कार्य गरेमा कारबाहीको सिफारिस गर्ने, पुनःनिर्माण कार्यमा समन्वय गर्ने, पुनःनिर्माणमा रकम अपुग भएका थप रकम माग गर्ने निर्णय गरेको छ। 

भूकम्पले जोखिमपूर्ण घर भत्काउने, भग्नावशेष व्यवस्थापन गर्न प्राधिकरण एवम् स्थानीय निकायसँग समन्वय गर्ने, गैससबाट भूकम्पका नाममा भएका काम विवरण सङ्कलन गर्ने, भूकम्पमा परेर भक्तपुर अस्पतालमा उपचार गराएका घाइतेको उपचार खर्च दिन पहल गर्ने निर्णय भएको छ। छलफलमा पुनःनिर्माणका क्रममा पीडितलाई काठ, बालुवा गिट्टी, डन्डीलगायत सरल र सहज ढङ्गले उपलब्ध गराउने, भूकम्पबाट भएको क्षति विवरण अविलम्ब तयार गरी छिटो अनुदान रकम वितरण गर्न पहल गर्ने निर्णय गरिएको छ। 

 भक्तपुर र मध्यपुरथिमि नगरपालिकाबाट सबै तथ्याङ्क आई नपुगेकाले आजदेखि गर्ने भनिएको लगत सङ्कलन कार्य दुई दिन ढिलो हुने भएको छ। छलफलमा लगत सङ्कलन गर्न घरघरमा जाने टोली भने जनताको आवश्यकताअनुसार बिहानदेखि नै खटिन सक्ने व्यवस्था गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ