साउन ५, तनहुँ । पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ६४४७ नंको बस तनहुँको जामुने गाबिस वडा नं ३ स्थित गुणादीमा आज बिहान दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । 


उक्त दुर्घटनामा परी घाइते भएकामध्ये पोखरा उपमहानगरप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, तनहुँ । पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ६४४७ नंको बस तनहुँको जामुने गाबिस वडा नं ३ स्थित गुणादीमा आज बिहान दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । 


उक्त दुर्घटनामा परी घाइते भएकामध्ये पोखरा उपमहानगरप"/>

2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको बस तनहुँको जामुने गाबिसमा दुर्घटना हुदाँ ११ जना घाइते

साउन ५, तनहुँ । पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ६४४७ नंको बस तनहुँको जामुने गाबिस वडा नं ३ स्थित गुणादीमा आज बिहान दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । 

उक्त दुर्घटनामा परी घाइते भएकामध्ये पोखरा उपमहानगरपालिका–१२ बस्ने ४७ वर्षीय नारायणप्रसाद पाण्डेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते पाण्डेलाई दमौलीमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल अस्पतालमा थप उपचारका लागि पठाइएको छ भने अन्यको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

तीव्रगतिमा गुडेका कारण घुम्ती सडकमा उक्त बस अनियन्त्रित भई पृथ्वीराजमार्ग सडकबाट करिब १५ मिटर तल गई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

दुर्घटनामा परी घाइते हुनेहरुमा सहचालक पर्सा जिल्ला वैरियाविर्ता–७ का २० वर्षीय उपेन्द्रप्रसाद डोटेल, चालक शुक्लागण्डकी नगरपालिका–३ का ४० वर्षीय सुरजकुमार श्रेष्ठ, चितवनको भरतपुर नगरपालिका–१२ का २२ वर्षीय सुलभ विष्ट तथा कास्की जिल्ला रुपाकोट गाविस–१ तालबेँसीका ३३ वर्षीय गणेश गुरुङ रहेका छन् । 

त्यसैगरी, उक्त दुर्घटनामा कास्की लेखनाथ नगरपालिका–८ निवासी ६० वर्षीया जोखमाया गुरुङ, पोखरा उपमहानगरपालिका–७ का ४८ वर्षीय याम खड्का, सोही वडा निवासी १५ वर्षीया श्रीयङ्का खड्का, लेखनाथ नगरपालिका–१ का ४० वर्षीय सुनबहादुर गुरुङ र सोही वडा निवासी २५ वर्षीया सम्झना गुरुङ रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई