Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दैलेखमा संक्रमितको संख्या आठ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १२, दैलेख | शनिबार दैलेखबाट स्वाब सङ््कलन गरेर पठाइएका सात जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । यसअघि एक जनाको कोरोना पुष्टि भइसकेको छ । यससँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ । संक्रमित सबै भारतबाट आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्थले जानकारी दिनुभयो ।

आठवीस नगरपालिकाका एक युवकको उपचार अहिले सुर्खेत भएको छ । त्यस्तै नारायण नगरपालिकाका  १५ र १८ वर्षीय किशोर र युवकमा संक्रमण देखिएको छ । डुङ्गेश्वर गाउँपालिकाको एक दम्पती र अन्य एक पुरुष गरेर तीन जना संक्रमित भएका छन् । गुराँस गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये नारायण नगरपालिकाभित्रका संक्रमित पाँच जनालाई सरस्वती मावि तर्तागंमा निर्माण गरिएको आइसोलेशन अस्पतालमा राखिएको छ । गुराँस गाउँपालिकाका दुई जना क्वारेन्टाइनमै बसेका छन् ।

किट अभाव

दैलेखमा आरडिटी र पिसिआर दुवैका किट अभाव देखिएको छ । भारतबाट जिल्ला भित्रनेको संख्या दैनिक हजार हुन थालेपछि परीक्षण गर्ने किट सकिएको जिल्ल िस्वास्थ्य खोप अधिकृत थिरप्रसाद रेग्मीले बताउनुभयो ।

सबैको अन्यत्र कोही कसैसँग सम्पर्क भए नभएका बारेमा व्यापक खोजी  शुरु गरिने जनाइएको छ । रासस