२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा कोरोना संक्रमित सात

२०७७, १२ जेष्ठ सोमबार १५:३८

जेठ १२, बर्दिया | बर्दियाको गुलरिया नगरपालिकामा थप तीन जनामा कोरोना संक्रमण देखिएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा गुलरिया –ं १ का १८ वर्षीय  तथा वडा नं १० का २२ र २४ वर्षीय युवकमा कोरोना संक्रमण  भएको पुष्टि गरेको हो । 

गुलरिया –१ का  युवक भारतको बैंगलोरबाट आई शम्भुशरण माविको क्वारेन्टाइन बसी यही जेठ ९ गतेदेखि  बर्दिया अस्पतालको  क्वारेन्टाइनमा रहेका थिए । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुर क्वारेन्टाइनमा बस्दै आएका दुई जना पनि भारतबाट आएका हुन् । संक्रमित तीन जनालाई उपचारका लागि दाङ पठाइएको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताउनुभयो ।

यसअघि राजापुरकी –११ वर्षीया बालिका, गुलरिया –११ घर भई काठमाडौँमा रहेका एक पुरुष, बढैयाताल गाउँपालिका ७ का १९ वर्षीय पुरुष र बाँसगढी नगरपालिका –९का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।   

बर्दिया अस्पतालमा आकस्मिक सेवा मात्रै 

गुलरिया -बर्दिया अस्पतालमा उपचार गराइरहेका १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवाबाहेक अन्य सेवा स्थगन गरिएको छ । गुलरिया –१ खैरापुरस्थित नेपाल राष्ट्रिय शम्भुशरण माविको क्वारेन्टिनमा रहेका युवकको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसोलेशन वार्डमा राखिएको थियो । 

आइसोलेशन वार्डमै रहेका बेला ती युवकमा कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेक सबै सेवा एक हप्ताका लागि स्थगन गरिएको अस्पताल विकास समितिका अध्यक्ष अंगद श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा