२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा कोरोना संक्रमित सात

१२ जेष्ठ २०७७, सोमबार १५:३८

जेठ १२, बर्दिया | बर्दियाको गुलरिया नगरपालिकामा थप तीन जनामा कोरोना संक्रमण देखिएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा गुलरिया –ं १ का १८ वर्षीय  तथा वडा नं १० का २२ र २४ वर्षीय युवकमा कोरोना संक्रमण  भएको पुष्टि गरेको हो । 

गुलरिया –१ का  युवक भारतको बैंगलोरबाट आई शम्भुशरण माविको क्वारेन्टाइन बसी यही जेठ ९ गतेदेखि  बर्दिया अस्पतालको  क्वारेन्टाइनमा रहेका थिए । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुर क्वारेन्टाइनमा बस्दै आएका दुई जना पनि भारतबाट आएका हुन् । संक्रमित तीन जनालाई उपचारका लागि दाङ पठाइएको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताउनुभयो ।

यसअघि राजापुरकी –११ वर्षीया बालिका, गुलरिया –११ घर भई काठमाडौँमा रहेका एक पुरुष, बढैयाताल गाउँपालिका ७ का १९ वर्षीय पुरुष र बाँसगढी नगरपालिका –९का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।   

बर्दिया अस्पतालमा आकस्मिक सेवा मात्रै 

गुलरिया -बर्दिया अस्पतालमा उपचार गराइरहेका १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवाबाहेक अन्य सेवा स्थगन गरिएको छ । गुलरिया –१ खैरापुरस्थित नेपाल राष्ट्रिय शम्भुशरण माविको क्वारेन्टिनमा रहेका युवकको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसोलेशन वार्डमा राखिएको थियो । 

आइसोलेशन वार्डमै रहेका बेला ती युवकमा कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेक सबै सेवा एक हप्ताका लागि स्थगन गरिएको अस्पताल विकास समितिका अध्यक्ष अंगद श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै