२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ५: संक्रमित भारतबाट, एम्बुलेन्स र आइसोलेशन तयारी

१३ जेष्ठ २०७७, मंगलवार ०४:०१

जेठ १३, काठमाडौँ | अर्घाखाँची र गुल्मीमा भारतबाट फर्किएका तीन व्यक्तिसहित  चार जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये अर्घाखाँचीका दुई जना  तथा गुल्मीका दुईमध्ये एक जना भारतबाट फर्किएका युवा हुन् । संक्रमित अर्का भने स्थानीयवासी युवक हुन् ।

अर्घाखाँचीमा संक्रमण देखिएका व्यक्ति यही जेठ २ गते भारतको रायबरेली भन्ने ठाउँबाट पैदलै हिँडेर गृह जिल्ला आइपुगेका हुन् । जिल्ला आउनासाथ उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर–८, पालीको कमला माविको क्वारेन्टिनमा राखिएको थियो ।  भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा क्वारेन्टिनमा रहेका १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिनुभयो । संक्रमण देखिएका दुवैको स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण देखापरेको हो । उनीहरुसंगै आएका अन्य तीन जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । 

जिल्लामा पछिल्लो एक सातामा भारत तथा छिमेकी जिल्लाबाट आउने एक हजार ६२२ पुगेका छन् । रोजगारीका सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिमले रोजगारी गुमाउन थालेपछि धमाधम गृह जिल्ला फर्किन थालेका छन् ।  पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका १७९, भूमिकास्थान नगरपालिकाका ४०९, शीतगंगा नगरपालिकाका ५०१, पाणिनी गाउँपालिकाका  ११६, मालारानी गाउँपालिकाका ३२१  र छत्रदेव गाउँपालिकाका ९६ जना जिल्ला प्रवेश गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । बाहिरबाट आएका सबैलाई स्थानीय पालिकाका क्वारेन्टिनमा राखिएको छ ।

गुल्मी –संक्रमण पुष्टि भएका धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुष १० दिनअघि भारतबाट आएका हुन् । उनलाई अन्य रोग पनि देखिएपछि शनिबार पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा सोमबार साँझ कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको हो । उनीसँगै रहेकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ । अहिले उनी विद्यालयको क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो । 

संक्रमण पुष्टि भएका अर्का ३६ वर्षीय पुरुषलाई भने कोरोना कसरी लाग्यो भन्ने स्रोत खुलेको छैन । धुर्कोट गाउँपालिकाकै अर्का एक जनाको पिसिआर रिपोर्ट आउन बाँकी  छ । पुरुषको सम्पर्कमा आएका जिल्लाका विभिन्न ठाउँका थप ४० जनाको सोमबार अबेरसम्म लगाएर स्वाब संकलन गरिएको छ । संकलित स्वाब आज पठाउने तयारी भइरहेको आचार्यले जानकारी दिनुभयो । यससँगै गुल्मीमा कुल चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको मृत्यु भइसकेको छ भने ३१ वर्षीय पुरुषको भने आइसोलेशनमा उपचार भइरहेको छ ।

प्युठानमा भारतबाट आएकाको नेगेटिभ 

झिमरुक– भारतबाट आई स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बसेका माण्डवी गाउँपालिकाका १७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वडा नं ३ माण्डवी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएकाको  नेगेटिभ आएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । 

पालिकाको वडा नं ५ रम्दीका उनीहरुको भारतबाट आएको छैटौं दिनमा पिसिआर परीक्षण गरिएको र  उनीहरुलाई १४ दिनपछि घर पठाइने जनाइएको छ । त्यस्तै माण्डवी पालिकामा कार्यरत  स्वास्थ्यकर्मी, देवीस्थान प्रहरीचौकीका इञ्चार्ज र  जिल्ला ट्राफिक इञ्चार्ज गरी चार जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।

यस्तै ऐरावती गाउँपालिकामा भारतबाट आएका सात व्यक्तिको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । ऐरावती २ मोती माध्यमिक विद्यालय बरौलामा बस्दै आएका सात जनाको  रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताउनुभयो । 

दाङमा १४ कोरोनामैत्री एम्बुलेन्स

तुलसीपुर–  दाङमा १४  कोरोनामैत्री एम्बुलेन्सबाट सेवा प्रदान गरिँदै आएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना संक्रमित ओसारपसार, आशंकित बिरामी, क्वारेन्टिन प्रयोगका लागी एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । 

उहाँका अनुसार तुलसीपुर क्षेत्रमा चार तथा घोराही र लमही क्षेत्रमा पाँचपाँच  एम्बुलेन्सलाई कोरोनामैत्री बनाइएको छ । तुलसीपुर क्षेत्रका पवननगर, फूलबारी, विजौरी स्वास्थ्यचौकी र तुलसी अस्पतालमा एम्बुलेन्स छन् ।  त्यस्तै घोराही क्षेत्रमा नारायणपुर स्वास्थ्यचौकी, मितेरी हस्पिटल प्रालि, दाङदेउखुरी समाज, लायन्स क्लब अफ राप्ती अम्बिकेश्वरी र रोल्पाली सेवा समाजको एम्बुलेन्सलाई प्रयोग गरिएको छ ।

यसैगरी लमही क्षेत्रमा लमही अस्पताल, देउखुरी उद्योग वाणिज्य संघ तथा सिसहनिया, गढवा  र राजपुर स्वास्थ्यचौकीको एम्बुलेन्सलाई प्रयोगमा ल्याइएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले भन्नुभयो, “अहिले १४ वटा कोरोनामैत्री एम्बुलेन्सबाट काम चलाइरहेका छौं, आवश्यक परेमा थप एम्बुलेन्सलाई पनि कोरोनामैत्री बनाएर प्रयोग गर्ने छौं ।” अहिले जिल्लामाा दशै स्थानीय तहमा एम्बुलेन्स प्रयोग गर्ने गरिएको चन्दको भनाइ छ  । जिल्लामा ७१ एम्बुलेन्स सञ्चालित छन्  । 

आइसोलेशनको तयारी 

शान्तिनगर गाउँपालिकाले १० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले गाउँपालिकाले आइसोलेशन  स्थापना गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरेर क्वारेन्टिन सञ्चालनमा ल्याएको छ । तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलद्वारा सञ्चालित नर्सिङ तथा एचए कलेजमा ५० शय्याको क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । अस्पतालका प्रबन्धक जीवन भण्डारीका अनुसार हस्पिटलले तुलसीपुर ६  मोतीपुरमा सञ्चालित कलेजको भवन क्वारेन्टिन सञ्चालनका लागि उपमहानगरपालिकालाई उपलब्ध गराएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु