२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

सिमानामा क्वारेन्टिन निर्माण गर्न माग

२०७७, १७ जेष्ठ शनिबार ०९:३६

जेठ १७, जाजरकोट | कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहँदा दिनहुँ बाहिर जिल्ला र विदेशबाट आउनेले प्रहरीलाई झस्काउने गर्दछ ।   जाजरकोट र सुर्खेतको सिमाना रहेको शिवालय गाउँपालिका–१ छेडाबजारमा रहेका प्रहरीलाई दैनिक हैरानि हुँदै आएको छ । 

दिनमा भन्दा राति बढी मानिस बाहिर जिल्ला , भारत र अन्य मुलुकबाट आउने मूलबाटो यही हो । प्रहरीसँग व्यक्तिगत सुरक्षा सामग्री पनि छैन ।   अन्य मानिसलाई उपलब्ध गराउने सामग्री तथा  खाद्यान्न नहुँदा दैनिक हैरानी हुँदै आएको छ ।  भोकै रहेका र  क्वारेन्टिनमा बस्न नमान्ने मानिसको आगमन हुँदा प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको यहाँका  प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “प्रहरीले व्यक्तिगतरुपमा यहाँ आएका नागरिकलाई सम्झाउन मुस्किल पर्ने अवस्था छ । हामीसँग  भोकभोकै आएकालाई खाना खुवाउने आवश्यक रकम समेत  छैन । उहाँहरु पनि   पैसा छैन भन्नुहुन्छ ।” 

जाँचबिना आएका मानिस नियन्त्रण गर्न हामीसँग जनशक्तिसमेत कम हुँदा थप समस्या भएको भन्दै उहाँले थप्नुभयो, “बाहिरबाट आएका व्यक्तिलाई होटलमा समेत राख्न नमान्दा अर्को हैरान हुँदै आएको छ । प्रहरीले आफ्नो तलबबाट स्थानीय पसलबाट चाउचाउ किनेर नास्ता खुवाई नजिकै रहेको ओडारमा सुताउने गरेको छ ।” 

राति राति आउने मानिसका कारण  जोखिम बढ्दै आएको प्रहरीको भनाइ छ । प्रहरीले सिमाना क्षेत्र प्रत्येक गाउँपालिकाका एकजना व्यवस्थापक पठाउनसमेत र सीमा क्षेत्रमा खटिएका प्रहरीको स्वास्थ्य जाँच गराउनसमेत आग्रह गरेको छ । 

जाजरकोट, पश्चिम रुकुम, डोल्पालगायत जिल्लाका मानिस आउने मुख्य नाका रहेको छेडाबजारमा प्रहरीलाई दैनिक हैरान भएको स्थानीय पूर्णसमिर महतराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले क्वारेन्टिनमा बस्नुपर्ने भनेर रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोज्छन् । यस्तो अवस्थामा कसरी काम गर्ने ? यहाँ सबै गाउँपालिकाले आफ्ना कर्मचारी तथा जनप्रतिनिधि खटाउनुपर्छ । धेरै मानिस प्रहरीसँग भिडेर, लुकीछिमी घरमा गएर बस्ने गरेका छन् ।”  बाहिरबाट आएका मानिसलाई व्यवस्थापनमा चुनौती देखिएकाले सो बजारमा क्वारेन्टिन निर्माण गर्न प्रहरी र स्थानीयवासीले माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु