नन्दराम जैशी/साउन ६, जुम्ला । जुम्ला सदरमुकामको बिच बजारमा अबस्थित कृष्ण मन्दिरको पुनः निमार्णको लागि बुधबार मन्दीर शिलन्यास गरिएको छ । कृष्ण मन्दिर व्यवस्थापन समितिका संरक्षक स्वर्गीय पुर्व सहायक मन्त्री अधन सिंह कठायतकी धर्म पत्नी लक्ष्मी कठायतले मन्दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/साउन ६, जुम्ला । जुम्ला सदरमुकामको बिच बजारमा अबस्थित कृष्ण मन्दिरको पुनः निमार्णको लागि बुधबार मन्दीर शिलन्यास गरिएको छ । कृष्ण मन्दिर व्यवस्थापन समितिका संरक्षक स्वर्गीय पुर्व सहायक मन्त्री अधन सिंह कठायतकी धर्म पत्नी लक्ष्मी कठायतले मन्दि"/>
२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कृष्ण मन्दिर पुनः निमार्णका लागि शिलन्यास

२०७३, ६ श्रावण बिहीबार ०४:१८

नन्दराम जैशी/साउन ६, जुम्ला । जुम्ला सदरमुकामको बिच बजारमा अबस्थित कृष्ण मन्दिरको पुनः निमार्णको लागि बुधबार मन्दीर शिलन्यास गरिएको छ । कृष्ण मन्दिर व्यवस्थापन समितिका संरक्षक स्वर्गीय पुर्व सहायक मन्त्री अधन सिंह कठायतकी धर्म पत्नी लक्ष्मी कठायतले मन्दिरको शिलन्यास गर्नु भएको हो ।    

मन्दिर निर्माणको लागि ५ लाख ९५ हजार रुपैया चन्दा संकलन भएको, निर्माण समतिका अध्यक्ष लोक दर्शन श्रेष्ठले जानकारी दिए । श्रदालुभक्तजन तथा इच्छुक व्यक्तिहरुले दिएको चन्दाबाट मिन्दर निर्माण गर्न लागिएको हो । कर्णालीमा नै पहिलो पटक पुरातात्कि विभागका इन्जिनियरको डिजाईनमा बास्तुकला शास्त्र अनुसार कलात्मक शैलीमा मन्दीर निमार्ण गरिने अध्यक्ष श्रेष्ठले बताए ।

मन्दिर निमार्णको लागि अनुमानित रकम २४ लाख रहेको भन्दै सो रकम कुनै पनि निकायबाट सहयोग नभई आन्तरिक स्रोतबाट जुटाइएको उनको भनाइ छ । कर्णालीमा पहिलो पटक यस्तो नमुना मन्दिर निमार्ण गर्न लागेको भन्दै यसको पुरै छानो तामाको रहने भएकाले निमार्णका लागि ७५ प्रतिशत सामाग्रीहरु जिल्ला बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहकोे छ ।  

जिल्ला बाहिरबाट सामाग्री ल्याउनु पर्ने ह्ँदा स्वइच्छाले सहयोग गर्न सबैलाई आग्रह गरिएको छ । मन्दिर निमार्णका लागि ११ हजार भन्दा बढि चन्दा दिने व्यक्तिको नाम शिलालेखमा लेखिने कृष्ण मन्दिर निमार्ण समितिले जनाएको छ ।     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु