2026-10-15 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

नागरिक हुन नसकेकी एक वृद्धा

जेठ २०, धादिङ | यहाँको सिद्धलेक गाउँपालिका–७ अमिलिटारकी बहुअपाङ्गता हुनुभएकी एक वृद्धा सरकारले उपलब्ध गराउँदै आएको अवसरबाट वञ्चित हुनुपरेको छ । गाउँमा माइजू भनेर चिनिने यी ६५ वर्षीया वृद्धाले नेपाली नागरिकता, अपाङ्गतासम्बन्धी प्रमाणपत्र, मतदाता नामावलीजस्ता राज्यबाट उपलब्ध हुने कुनै पनि परिचय नपाएकाले सामाजिक सुरक्षाका अवसर पनि पाउनुभएको छैन ।

भारती थरकी यी वृद्धाको श्रीमानको एक वर्षअघि मृत्यु भएको र त्यसपछि उहाँको दैनिकी झनै दयनीय बन्दै आएको हो । अहिले उहाँले जस्ताले बारिएको छाप्रोमा जीवन गुजार्दै आउनुभएको छ । भाँचिन लागेको खाट, धेरै पुराना र पातला ओड्ने उहाँको सहारा भएका छन् । उहाँसँग एकसरो लगाउने लुगा मात्र छन् । वर्षात्को पानीले सहज निकास नपाउँदा उहाँले प्रयोग गर्ने खाटमुनि पानी जम्ने गरेको छ । टोलबाट बगेर आएको पानीले उहाँको छाप्रोमा गन्ध आउने गरेको छ । 

सहयोगको याचना गर्दा समेत वरपरका मानिसले त्यति वास्ता गरेका छैनन् । ती वृद्धाले खान पाए नपाएको स्थनीयवासीले चासो दिएका छैनन् । यस्ता नागरिकको राज्यले जिम्मा लिनुपर्ने स्थानीय शिक्षिका जानुका रिजालको भनाइ छ । उहाँले स्थानीय सरकारले अपाङ्गता भएका नागरिकको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।

दश वर्षअघि नन्द यानकुमारी गिरीको घरको शरणमा बसिरहनुभएकी यी वृद्धाले अहिलेसम्म सरकारको कुनै सुविधा पाउनुभएको छैन । गरिब परिवारमा रहनुभएकी उहाँकी नन्दले जेनतेन खुवाइरहनुभएको छ । राज्यले उपलब्ध गराउनुपर्ने कुनै पनि परिचय नभएकाले संरक्षण गर्नसमेत समस्या परेको हो । 

सिद्धलेक–७ का वडाध्यक्ष लक्ष्मण खतिवडाले उहाँको वंशजको नाता खोज्न लागिएको बताउँदै अर्को वर्ष सामाजिक सुरक्षाभत्ता दिने गरी नेपाली नगरिकता र अन्य कागज बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा त्यस्ता नागरिकको पहिचान गरेर सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने