२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पुष्पलाल र विपीको समाजवादमा पुग्न शिक्षामा सुधार ः शिक्षा मन्त्री

२३ माघ २०७२, शनिबार ०३:१३

ताराबहादुर महत, माघ २३,
दोलखा

शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले पुष्पलाल र वीपीले परिकल्पना गरेको समाजवादमा पुग्न
शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमीकता दिनु पर्ने बताउनु भएको छ ।
‘शिक्षाले अहिले जातिय रुपमा
फाटेका मन जोड्न भाषा र भावनात्मक रुपमा काम गर्छ अनि पुष्पलाल तथा वीपीले परिकल्पना गरेको समाजवादमा
पुग्न सहयोग गर्छ’ दोलखाको सिंगटीमा हिजो आयोजित भुकम्प पछि दोलाखका विद्यालयहरुको अवस्था विषयक छलफलमा
मन्त्री पोखरेलले भन्नु भयो । उहाँले शैक्षिक सुधारको लागि आफुले पाँचवटा प्राथमीकता अघि सारेकोले
त्यसमा सबै सरोकारवालाहरुले सहयोग गर्नु पर्ने बताउनु भयो । एसएलसी परिक्षा मर्यादीत रुपमा सम्पन्न
गर्ने, भुकम्पले क्षति पुगेका भौतीक संरचनाहरुको पुर्ननिर्माण, पाँच बर्षभित्र क्षतिग्रस्त विद्यालय
भवनहरु निर्माण सम्पन्न, पाँच बर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालय प्रवेश गराउने र समयमै
पाठ्यपुस्तक पु¥याउने आफ्ना प्रमुख प्राथमीकता रहेको मन्त्री पोखरेलले बताउनु भयो । जिल्ला शिक्षा
समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी सिता परियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला
शिक्षा अधिकारी लोकबहादुर लोप्चनले भुकम्प पछि दोलखाको शैक्षिक क्षेत्रको अवस्थाको बारेमा प्रतिवेदन
प्रस्तुत गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी देवेन्द्र पराजुली, पत्रकार महासंघका केन्द्रिय
सदस्य चिरञ्जीवी मास्के, कालिनाग उच्च माविका प्राचार्य दाताराम नेपाल, शिक्षक रामबहादुर खड्का, अखिल
क्रान्तिकारीका जिल्ला अध्यक्ष सुब्बा श्रेष्ठ, एमाले का स्थानिय नेता घनश्याम पाठक लगाएतले मन्तव्य
व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली