Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नलामा डुब्दा ३५ वर्षे युवकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भाष्कर के.सी | जेठ २५, कञ्चनपुर | भीनपा–१५ को राधाकृष्ण टोल र हरीत टोलको सिमानामा रहेको गन्दानालामा खस्दा सनिबार ३५ वर्षे युवकको मृत्यु भएको छ ।

बैलोरी भकुण्डा–५ मा स्थाई घर भएका हाल भीनपा– १५ हरीतटोलमा बसोबास गर्दै आएका वर्ष ३५ का लाल बहादुर चौधरीको नालामा डुबेर मृत्यु भएको हो । मृतक चौधरी हाल भीनपा१५का हरीतटोलका  प्रयाग दत्त भट्टको खेती बनाउदै आएका थिए । दिउसो धानको विउको लागि युरिया लिएर आएका चौधरी सानो काठको पुलमा तर्न खोज्दा खसे पछि उनि डुबेका थिए । उनी दायाँ खुट्टाका अपाङ्ग पनि थिए । स्थानिय बच्चाहरुले अन्दाजी ३:३० बजे तिर पानीमा डुबेको देखे पछि उनलाई बचाउन पानी बाट निकाल्ने कोशिस गरेका थिए तर उनको मृत्यु भै सकेको थियो ।

उनको श्रीमति र दुई छोरी रहेका छन् । उनको शवलाई पोष्टमार्टको लागि महाकाली अञ्चल अस्पताल लगिएको छ । प्रहरीले मृत्त फेला परेका चौधरीबारे अनुसन्धान भै रहेको बताएको छ ।