एस.एमजहाँगस्त | साउन ६,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एस.एमजहाँगस्त | साउन ६, 
२३ चैत्र २०८१, शनिबार
पर्सा - PRS

भारतीय महावाणिज्य दूतावास वीरगंजद्वारा महफिले मुशायराको आयोजना

६ श्रावण २०७३, बिहीबार ०८:०८

एस.एमजहाँगस्त | साउन ६, वीरगंज | भारतीय महावाणिज्य दूतावास वीरगंजको आयोजनमा बुधबार महफिले मुशायरा कार्यक्रम सम्पन्न भएको छ । वीरगंज स्थित टाउन हलमा सम्पन्न मुशायरा कार्यक्रममा नेपाल भारतका चर्चित शायरहरुको उपस्थिती रहेको थियो ।

मुसायरा कार्यक्रममा भारतबाट डा. अब्दुल हनान, एस.कमर चम्पारनी, नेपालबाट उर्दु एकेडमीका पदाधिकारी साकिब हारुनी,ईम्तयाज वफा, जफर अहम्द जफर, शीतल कादम्बनी ,स्थानिय शायर जम्शेद अंसारीले आ आफनो गीत गजल र शेर व शायरी प्रस्तुत गरेका थिए । भारतीय वाणिज्य दूतावास कन्सुलर एस.एम अख्तरको बिदाईको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ  । 

बुधबार राती सम्पन्न मुशायरा कार्यक्रममा  वाणिज्य दूत अन्जु रन्जनले सहभागि सायरहरुलाई दोसल्ला ओढाई सम्मान गरेकी थिइन ।  कार्यक्रमको उद्घाटन  महावािणज्य दूत अन्जुरन्जन र कन्सुरल एसएम अख्तरले संयुक्त रुपमा  मैनबती बाली गरेका थिए । 


कार्यक्रमलाई सम्बोधन गर्दै वाणिज्य दुत अन्जुरन्जनले आफनो कार्यकाल पुरा गरी जान लागेका ईमन्दार र मिहनेती कन्सुलर एस.एम अख्तरको योगदान र भुमिकाबारे चर्चा गर्दै वहाँको योगदानलाई भारत सरकार र नेपालीले सदैव स्मरण गरिरहने बताईन ।  रन्जनले नेपालमा गएको बिनाशकारी भुकम्पमा वहाँले महत्वपुर्ण भुमिका खेलको बताउदै वीरगंजबाट बिदाई भएपनि नेपाल र नेपालीको बिकासको लागि अख्तरले सहयोग गरिरहने विश्वास व्यक्त गरेकी थिइन ।

यसैगरी कार्यक्रमलाई  सम्बोधन गर्दै कन्सुलर एसएम अख्तरले  आफु जहाँ गए पनि नेपाल र नेपालीले दिएको मायाँ प्रेम नबिर्सने बताए । अख्तरले वीरगंज महावाणिज्य दूतावासले गरेको मुशायरा कार्यक्रम आफनो लागि एतिहासिक भएको चर्चा गर्दै नेपाल र भारत बिचको एतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आफु र सदैव तत्पर रहने बताएका थिए । 

 वीरगंज महावाणिज्य दूतावासका दूत एस.एम अख्तरको  सभापतित्वमा सम्पन्न कार्यक्रममा  वीरगंजका महावाणिज्य दूत अन्जु रन्जन, कन्सुलर कृष्णा कुमार चैतन्य, राजेश कुमार, नेपाल सदभावना पार्टीका महासचिव शिव पटेल,  तमरा अभियानका महासचिव आत्माराम साह, सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, फोरम लोकतान्त्रिक पार्टीका पर्सा अध्यक्ष शशिकपुर मियाँ, नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अंसारी,  बालरोग बिशेषज्ञय डा. अशोक दास, डा. प्रमोद सर्राफ , युवा नेता सम्सेद अख्तर, ओमप्रकास सर्राफ ईश्वर यादव, धर्मेन्द्र पटेल, दिपक सर्राफ पत्रकार चन्द्रकिसोर झा, एनपीडेलीका संतोष पटेल, एस.एमजहागस्त   लगायत  समाजसेवी एवं महिलाहरुको बिशेष  उपस्थिती रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य कन्सुलर राजेश कुमार र धन्यवाद ज्ञापन डेपुटी कन्सुलर निरज जैसवालले गरेका थिए  भने  कार्यक्रमको सहजीकरण शायर जमशेद अंसारीले गरेका थिए  । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ? सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ: मन्त्री खड्का