२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टिनमा

२८ जेष्ठ २०७७, बुधबार ०५:१८

जेठ २८, बाजुरा | जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टिनमा बसेका हुन् । 

ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा १५३, त्रिवेणी नगरपालिकामा १११, बडिमालिका नगरपालिकामा ४२, गौमुल गाउँपालिकामा ३२ बालबालिका क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै हिमाली गाउँपालिका आठ, स्वामिकार्तिक खापर गाउँपालिका ३०, जगन्नाथ गाउँपालिकामा १२ बूढीनन्दा नगरपालिकामा २२ बालबालिका छन् । 

बुधबार बिहानसम्म नौवटै स्थानीय तहमा रहेका १३२ क्वारेन्टिनमा जम्मा पाँच हजार ३३२ रहेका छन् । जसमा तल्लो क्षेत्रमा पर्ने बडिमालिका नगरपालिकामा २७६, गौमुल गाउँपालिकामा ३४०, खप्तड छेडेदह गाउँपालिकामा एक हजार १९५ जना बूढीगङ्गा नगरपालिकामा एक हजार २७८ र त्रिवेणी नगरपालिकामा एक हजार ८३ जना रहेका छन् । 

त्यस्तै पूर्वी–उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा ३०४, स्वामिकार्तिक खापर गाउँपालिकामा २८०, जगन्नाथ गाउँपालिकामा ३१८, बूढीनन्दा नगरपालिकामा ३०२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभयो । त्यसैगरी हालसम्म २० जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । क्वारेन्टिनमा रहेका पाँच हजार ३३२ मध्ये चार हजार ४१६ भारतबाट आएका छन् ।

४६७ को स्वाब सङ्कलन

जिल्लाका नौवटै स्थानीय तहका क्वारेन्टिनमा बसेका ४६७ जनाको स्वाब सङ्कलन गरिएको छ । भारतबाट आएका, आरडिटी पोजेटिभ देखिएका र कोरोना सङ्क्रमित भेटिएको क्वारेन्टिनमा बसेका शङ्कास्पद ४६७ जनाको स्वाब सङ्कलन गरिएको हो ।

स्वाब सङ्कलन गरिएकामध्ये १०५ महिला र ३६२ पुरुष गरी ४६७ रहेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । हाल जिल्लामा दुई जना आइसोलेसन श्यया छन् भने एक कोरोना सङ्क्रमित उपचार गराइरहेका छन् । यस्तै एक दुई वर्षकी बालिकाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

जिल्लामा हाल भिटिएम किट पनि २७ वटा मात्र बाँकी छन् । प्राप्त २५२ वटा खर्च भइसकेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्क छ । हालसम्म एक हजार ९६८ को आरडिटी परीक्षण गरिएको जनाएको छ । जसमा ४०७ महिला र एक हजार ५६१ पुरुषको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो केही सातादेखि स्थानीय तहले सबै ठाउँमा गरेर १६७ श्ययाको आइसोलेसन कक्ष बनाएका छन् । जिल्ला अस्पताल बाजुरामा १२ श्ययाको आइसोलेसनकक्ष रहेको छ भने त्रिवेणी नगरपालिकामा ६०, बूढीगङ्गा नगरपालिकामा ३५, खप्तड छेडेदह गाउँपालिकामा आठ, गौमुल गाउँपलिकामा १०, बडिमालिका नगरपालिकामा ३७, स्वामीकार्तिक खापर गाउँपालिकामा एक हिमाली गाउँपालिकामा दुई र बूढीनन्दा नगरपालिकामा दुई गरी १६७ श्ययाका आइसोलेसनकक्ष रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य