2026-10-15 06:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङको ज्वालामुखी गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टि

जेठ ३०, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको पिसिआर परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । 

ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ६ स्थित सुनखानी माविमा क्वारेन्टाइनमा रहेका १२ जना र सोहि गाउँपालिकाको मैदीमा राखिएको क्वारेन्टाइनका १५ जनामा कोरोना पुष्टि भएको छ । गाउँपालिकाले ६३ जना पुरुष र ५ महिलाको स्वाब नमुना परीक्षणको लागि पठाएको जनाएको छ । 

माथिको तश्वीर: ज्वालामुखी गाउँपालिका स्थित सुनखानी माविमा राखिएको क्वारेन्टाइनस्थल । तश्वीर: अनिल अधिकारी/सास

गाउँपालिकाको दुवै क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना संक्रमण पुष्टि भएपछि दुवै क्वारेन्टाइनमा राखिएका तर कोरोना पुष्टि नभएकाहरुले समेत थप समय क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । यसअघि ज्वालामुखी गाउँपालिकाका कसैमा पनि संक्रमण पुष्टि भएको थिएन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा धादिङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै धादिङमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ । संक्रमित हुनेमा नेत्रावती डब्जोङ गाउँपालिकामा १, गल्छी गाउँपालिकामा १, थाँक्रे गाउँपालिकामा १, धुनीबेसी नगरपालिकामा १, सिद्धलेक गाउँपालिकामा १, नीलकण्ठ नगरपालिकामा १७, गजुरी गाउँपालिकामा १, त्रिपुरासुन्दरी गाउँपालिकामा ७,  ज्वालामुखी गाउँपालिकाका २७ र धादिङकै बिभिन्न ठाउँका अरु २ जना रहेका छन् । 

देशभर कोरोना संक्रमितको संख्या ५०६२ पुग्यो 

शुक्रबार स्वास्थ्य तथा जनशंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा  क्रममा प्राप्त जानकारी अनुसार देशभर कोरोना संक्रमितको संख्या पछिल्ल्लो २४ घण्टामा ४४८ जना पुगेको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने