२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

आइसोलेसनमा बसेका र प्रहरीबीच झडप

३१ जेष्ठ २०७७, शनिबार १६:३१

जेठ ३१, दैलेख | जिल्लाको एक आइसोलेसनमा बसेका र प्रहरीबीच  झडप हुँदा चार जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पिसिआर पोजेटिभ नागरिक र प्रहरीबीच झडप भएको हो । 

महिनौदिन पुग्दा पनि पुनःस्वास्थ्य जाँच नगरिएको पिसिआर र आरडिटि पोजेटिभलाई एकै ठाउँमा राखिएको, खानपिनको राम्रो व्यावस्थापन नभएको भन्दै सङ्क्रमितले आन्दोलन गरेका हुन् । 

आइसोलेसनमा बसेका पिसिआर पोजेटिभ घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरी बहादुरवलीले बताउनुभयो । प्रहरीको कुटाइबाट एक घाइते भएका छन् भने तीन जना सामान्य रहेका छन् । उहाँहरु चारलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ । 

त्रिभुवन माध्यमिक विद्यालयको आइसोलेसनमा करिब ३४ जना पिसिआर पोजेटिभलाई राखिएको छ । केही दिन अगाडि उक्त विद्यालयको क्वारेन्टिनमा राखिएकाले पानीसमेत नपाएको भन्दै आन्दोलन गरेका थिए ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान