2026-09-12 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा क्वारेन्टिनको शौचालय भरियो

असार १, सिमकोट। हुम्ला सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिकाले कुनै वास्ता नगर्दा हवाई र स्थलमार्गबाट जिल्ला भित्रिएका सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्मका क्वारेन्टिनमा बसेका नागरिकलाई समस्या भएको छ । वडा नं १ र २ दुई रहेको जिल्लाकै ठूलो जनसंख्या रहेको ठेहेको क्वारेन्टाइनमा आफूहरुलाई न्यूनतम मापदण्डानुसार स्थानीय सरकारले सेवासुविधा दिन नसकेको क्वारेन्टाइन बस्ने नागरिकले गुनासो गरेका छन् । 

भारत र देशका  काठमाडौँ, सुर्खेत, बाँकेलगायत क्षेत्रबाट आएका नागरिकलाई एउटै भवनमा राखिएको छ । उनीहरुले एउटै शौचालय प्रयोग गर्दै आएका छन् । क्वारेन्टाइन व्यवस्थित हुन नसक्दा महिला र पुरुषले एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको वडा नं १ की रुपा भण्डारीले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा शौचालय भए पनि फोहोर भरिएको, खानेपानीको व्यवस्था नभएको तथा पानी घरबाट ल्याएर खानुपर्ने अवस्था छ ।

  गाउँमा एकैपटक पाँचछ सय नागरिक भित्रिएपछि व्यवस्थापन गर्न समस्या भएको वडाध्यक्ष नरबहादुर भण्डारीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग