२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिए, कुन कुन जिल्लाका छन् संक्रमित

१ असार २०७७, सोमबार ०८:४८

असार १, कास्की । गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लामा गरी थप छ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज यहाँ जारी विज्ञप्तीमा तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २०५ पुगेको छ । तनहुँको घिरिङ गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टिनमा रहेका पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

सङ्क्रमितहरु वर्ष ४५, २२, २७, २७, र ४६ का पुरुषहरु रहेकामा उनीहरुलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेशन कक्षमा ल्याइएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । 

त्यसैगरी नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० का एक जना पुरुषमा समेत सङ्क्रमण पुष्टि भएकाले उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । 

प्रदेशका हिमाल पारिका मनाङ र मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४६, बागलुङमा ४०, पर्वतमा २६, गोर्खामा १५, तनहुँमा नौ, कास्कीमा पाँच, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् । कूल सङ्क्रमित मध्य नौ जना महिला छन् । सङ्क्रमित मध्य १६ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।  एक जना सङ्क्रमितको भने मृत्यु भएको छ । सङ्क्रमितहरुको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ । कालिका सामुदायिक अस्पतालमा स्याङ्जामा ५१, प्राकृतिक चिकित्सालय रजहरमा ३४, कोरोना अस्पताल पर्वतमा २५, धौलागिरि क्याम्पस आइसोलेशन वार्डमा १७, धौलागिरि अस्पतालमा ११, गोरखा अस्पतालमा १४, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सात, जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा नौ, कोरोना अस्पताल भरतपुरमा पाँच, मध्यविन्दु अस्पताल नवलपरासी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चार/चार र स्याङ्जा र बेनी अस्पतालमा तीन÷तीन जनाको उपचार भइरहेको छ । 

प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा पाँच हजार ८६२ को नतिजा नेगेटिभ (कोरोना नभएको) आएको छ । स्वाब लिइएकाहरु मध्ये दुई हजार ३८२ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान