११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजबाट फर्म दर्ता र नवीकरण पुनः सञ्चालन

१ असार २०७७, सोमबार ०८:५३

असार १, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा फर्म दर्ता तथा नवीकरणलगायत रोकिएका काम आजदेखि पुनःसञ्चालन गरेको छ । विभागले आजदेखि फर्महरुको दर्ता, नवीकरण, संशोधन, नामसारी, खारेजी जस्ता अवरुद्ध सेवाका लागि विभागको इमेलमा आवश्यक कागजात पठाउन व्यवसायीलाई आग्रह गरेको छ । 

आवश्यक कागजात इमेल गरेपछि विभागले सबै प्रक्रिया पुगेका व्यवसायीलाई सम्पर्क गर्ने जनाइएको छ ।  साना कामका लागि कार्यालयमा आउन नपर्ने वातावरण सिर्जना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकरी दिनुभयो । “व्यवसाय दर्तालगायत विभागबाट प्रवाह हुने सम्पूर्ण सेवाका लागि आवश्यक कागजपत्र मेल गरेपछि हामी व्यवसायीलाई सबै कागजपत्र लिएर आउन आग्रह गछौँ, आवश्यक काजगपत्र नपुगेर कार्यालयबाट फर्कन भन्दा मेल गर्दा सहज हुन्छ भन्ने उद्देश्यले व्यवसायीलाई मेल गर्न आग्रह गरेका हौँ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार आजदेखि कार्यालय सञ्चालन गरेर विभागअन्तर्गत रहेका शाखाहरु विभिन्न दिनमा खुला हुने गरी कामको बाँडफाँट गरिएको छ । विभागले आइतबार, मङ्गलबार र शुक्रबार रु ६० लाखभन्दा कम पूँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, सोमबार प्राइभेट फर्म नयाँ दर्ता, बुधबार रु ६० लाखभन्दा माथि पूँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी र कम्पनीको व्यापार अनुमति दिने कार्य हुने जनाइएको छ । यसैगरी बिहीबार साझेदारी फर्म दर्ता, नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, एजेन्सी दर्ता÷नवीकरण संशोधनलगायत सेवा प्रवाह हुने जनाइएको छ ।

विभागबाट हुने कार्यका लागि कानून व्यवसायी, व्यवसायीका साथी वा व्यवसायीसँग अन्य सदस्य आवश्यक नपर्ने र  उनीहरुलाई प्रवेश निषेध गरिएको जनाइएको छ । विभागले बजार अनुगमनका क्रममा कारवाहीस्वरुप जरिवाना गरिएका फर्मको शुल्क बुझाउन उपभोक्ता सहायतासम्बन्धी कार्य तथा निकासीपैठारी इजाजतसम्बन्धी कार्य सार्वजनिक बिदाबाहेकका दिनमा दैनिक सञ्चालन भएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री