Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जुम्लामा रेडियो माउन्टेन एफएमको परीक्षण प्रशारण सेवा शुरु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैशी | साउन ७ जुम्ला | जुम्लामा बिहिबार देखि रेडियो माउन्टेन एफएम ९४ दशमलब ६ मेगाहर्जले आफ््नो परीक्षण प्रशासण सेवा शुरु गरेको छ । जिल्लाको गज्र्याङकोट गाविसको चिमाराबाट आजदेखि आफ्नो परीक्षण प्रशासण सेवा शुरु गरेको रेडियो माउन्टेन एफएम जुम्लाले जनाएको छ । माउन्टेन एफएमका अध्यक्ष कुसेन्द्र बहादुर महतका अनुसार आजबाट आफ्नो परीक्षण प्रशासण सेवा शुरु गरेको माउन्टेन एफएम कर्णाली सहित मध्य तथा सुदुरका केहि  जिल्लामा प्रत्यक्ष सुन्न सकिने जनाइएको छ ।

एफएमको आजदेखि परीक्षण प्रशासण सेवा शुरु गरीएकाले रेडियो सुनिसकेपछि आवाश्यक सल्लाह सुझाब दिन आग्रह गरीएको छ । माउन्टेन एफएमले रेडियो कर्णालीसँगको साझेदारीमा आफ्नो परीक्षण प्रशासण सेवा शुरु गरेकोले उक्त एफएम ब्याण्डकबाट रेडियो कर्णालीद्धारा प्रशारण हुने सबै कार्यक्रम सुन्न सकिने अध्यक्ष महतले बताउनुभयो ।

अकोराब नेपालका इन्जीनियर रादिब महर्जनदनले माउन्टेन एफएमको जडान कार्य अन्तीम चरणमा पुगेको बताउनु भएको छ । माउन्टेन एफएम परीक्षण प्रशारण सेवामा रहेकाले रेडियो तत्काल स्पष्ट सुन्न नसकिएको बताइएको छ । साथै माउन्टेन एफएम परीक्षण प्रशारण अवधिभर जँहा, जसरी सुनिएको छ, आवाश्यक सल्लाह सुझाबका साथ तत्काल खबर गर्न पनि सम्पुर्णमा आग्रह गरीएको छ ।