नन्दराम जैशी | साउन ७ जुम्ला | चन्दननाथ उच्च मावि खलंगा बजारमा एचए अध्ययनरत ४ जना बढि विद्याँर्थी माथि बिहिबार दिउसो अज्ञात समुहद्धारा हातपात भएको छ । विद्यार्थिहरु आज दिउसो विद्यालयबाट पढेर घर फर्कदै गर्दा चन्दननाथ उच्च माविमा एचए अध्ययनरत नरेन्द्र हमाल लगायतका विद्यार्थीहरु माथि अज्ञात समुहद्धारा हातपात भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार अज्ञात समुहद्धारा विद्यार्थि माथि हातपात हुदाँ एचए अध्ययनरत लक्ष्मण खत्री, लोक बहादुर बोहोरा र रुपेस उपाध्याय लगायतका छात्राहरुमाथि पनि हातपात भएको बताईएको छ ।
हातपात पछि घाईते नरेन्द्र हमालको आँखा र ढाडमा चोट लागेको छ भने, अन्य विद्यार्थीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घाईतेलाई कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि मेडिकल जाँच भैरहेको छ । अज्ञात समुहले विद्यार्थिमाथि हातपात गर्दै छात्र नरेन्द्र हमालको सिक्रि र आइफोन गरी करीब ६० हजार बराबर सामान लुटेर लिएको उहाले बताएका छन् ।
यसैबिच एचए मा अध्ययनरत सबै विद्याँर्थीहरुले यस अघि पनि विभिन्न व्यक्तिहरु बाट आफुहरुलाई धम्की आउने गरेको बताएका छन् । साथै उनिहरुले दोषीलाई कडा कारबाहिको माग गर्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक दिल बहादुर थापाले दोषीको अनुसन्धान भईरहेको र दोषी किटान गरी कारबाहीको दायरामा ल्याईने जानकारी दिनु भएको छ ।