श्रावण ७, काठमाडौं |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... श्रावण ७, काठमाडौं | 
२०८३, ९ जेष्ठ शनिबार
काठमाडौँ - KTM

बाल सहभागिता र नेपालको संविधान विषयक अन्तरक्रिया

२०७३, ७ श्रावण शुक्रबार ०४:१४

श्रावण ७, काठमाडौं | समृद्ध राष्ट्र निर्माणका लागि असल नागरिक उत्पादन गर्ने दिशामा सरोकारवाला निकायको ध्यान कम गएको बालअधिकारकर्मीहहरुले बताएका छन् । विहीबार सेभ द चिल्ड्रेन, बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा सञ्जाल (कन्सोडियम नेपाल) र  नेपालपत्रकार मञ्चले आयोजना गरेको बाल सहभागिता र नेपालको सम्बिधान विषयक अन्तरक्रियामा काठमाडौं स्कूलअफ ल का सहायक प्राध्यापक मिलन धरेलले आम सञ्चार, बाल सहभागिता र नेपालको सम्बिधान विषयक कार्यपत्र प्रस्तुत गरिसक ेपछिको छलफलमा सहभागीहरुले यस्तो निष्कर्ष निकालेका हुन् । 

अन्तरक्रियामा कार्यपत्र प्रस्तुतगर्दै सहायकप्राध्यापक धरेलले नेपालको सम्बिधान २०७२ माबाल सहभागिताका विषयमा गरिएका व्यवस्था, त्यसको बुझाइ र नियमनकारी निकायको कार्यान्वयन तत्परताका विषयमा चर्चा गर्दै यी सबै पक्षमध्ये सरकारी निकायबाल सम्बेदनाप्रतिगम्भीर नभएको टिप्पणी गर्नुभएको थियो । यस विषयको उठान आमसञ्चार माध्यमबाट हुन सक्छ, जसले आमनागरिकलाई विषयप्रति सजग बनाउँछ उहाँको निष्कर्ष थियो । 

कार्यक्रममा कन्सोटियमका अध्यक्ष युवराज घिमिरेले आम सञ्चारकर्मीले बालबालिकाका विषयमा समाचार लेखन तथा सम्प्रेषण गर्दा सजगताअपनाउन सकेनन् भने बालविकासमा नकारात्मक प्रभाव पर्न सक्छ विद्यमानआम सञ्चार अभ्यासमा चर्चा गर्दै बालबालिका समाचारको तथ्य परीक्षकका रुपमा रहने सक्नेतर्फ समाचारकर्मीको ध्यान जानु पर्ने खाँचो देखाउनु भयो । 

सामाजिक रुपान्तरणका अगुवाआम सञ्चारकर्मीको सूचनामा अद्यावधिकता र सम्बेदनशिलताले मात्र सकारात्मक प्रभाव निस्कन सक्ने बताउँदै पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले आम सञ्चारकर्मीको क्षमता विकासमा मञ्चले निरन्तर काम गरिरहेको बताउनु भयो ।

अन्तरक्रियामा आमसञ्चारमा क्रियाशील ३५ जना समाचारकर्मीहरु सहभागीथिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ