श्रावण ७, काठमाडौं |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... श्रावण ७, काठमाडौं | 
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

बाल सहभागिता र नेपालको संविधान विषयक अन्तरक्रिया

७ श्रावण २०७३, शुक्रबार ०४:१४

श्रावण ७, काठमाडौं | समृद्ध राष्ट्र निर्माणका लागि असल नागरिक उत्पादन गर्ने दिशामा सरोकारवाला निकायको ध्यान कम गएको बालअधिकारकर्मीहहरुले बताएका छन् । विहीबार सेभ द चिल्ड्रेन, बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा सञ्जाल (कन्सोडियम नेपाल) र  नेपालपत्रकार मञ्चले आयोजना गरेको बाल सहभागिता र नेपालको सम्बिधान विषयक अन्तरक्रियामा काठमाडौं स्कूलअफ ल का सहायक प्राध्यापक मिलन धरेलले आम सञ्चार, बाल सहभागिता र नेपालको सम्बिधान विषयक कार्यपत्र प्रस्तुत गरिसक ेपछिको छलफलमा सहभागीहरुले यस्तो निष्कर्ष निकालेका हुन् । 

अन्तरक्रियामा कार्यपत्र प्रस्तुतगर्दै सहायकप्राध्यापक धरेलले नेपालको सम्बिधान २०७२ माबाल सहभागिताका विषयमा गरिएका व्यवस्था, त्यसको बुझाइ र नियमनकारी निकायको कार्यान्वयन तत्परताका विषयमा चर्चा गर्दै यी सबै पक्षमध्ये सरकारी निकायबाल सम्बेदनाप्रतिगम्भीर नभएको टिप्पणी गर्नुभएको थियो । यस विषयको उठान आमसञ्चार माध्यमबाट हुन सक्छ, जसले आमनागरिकलाई विषयप्रति सजग बनाउँछ उहाँको निष्कर्ष थियो । 

कार्यक्रममा कन्सोटियमका अध्यक्ष युवराज घिमिरेले आम सञ्चारकर्मीले बालबालिकाका विषयमा समाचार लेखन तथा सम्प्रेषण गर्दा सजगताअपनाउन सकेनन् भने बालविकासमा नकारात्मक प्रभाव पर्न सक्छ विद्यमानआम सञ्चार अभ्यासमा चर्चा गर्दै बालबालिका समाचारको तथ्य परीक्षकका रुपमा रहने सक्नेतर्फ समाचारकर्मीको ध्यान जानु पर्ने खाँचो देखाउनु भयो । 

सामाजिक रुपान्तरणका अगुवाआम सञ्चारकर्मीको सूचनामा अद्यावधिकता र सम्बेदनशिलताले मात्र सकारात्मक प्रभाव निस्कन सक्ने बताउँदै पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले आम सञ्चारकर्मीको क्षमता विकासमा मञ्चले निरन्तर काम गरिरहेको बताउनु भयो ।

अन्तरक्रियामा आमसञ्चारमा क्रियाशील ३५ जना समाचारकर्मीहरु सहभागीथिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट