२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोरोना सङ्क्रमितको सङ्ख्या छ पुग्यो

४ असार २०७७, बिहीबार १२:४४

असार ४, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ निवासी २१ वर्षीय एक पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उहाँ मेलचौरस्थित क्षेत्रीय क्वारेन्टिनमा रहनुभएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवकको पोजेटिभ रिपोर्ट आएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले आज जानकारी दिनुभयो । सङ्क्रमितको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

अब जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या छ पुगेको छ ।  जिल्लामा पहिलोपटक कोरोनाबाट बाह्रविसे नगरपालिका–९ रामचे निवासी २९ वर्षीया सुत्केरीको मुत्यु भएको थियो । जिल्लामा हाल ८५ क्वारेन्टिन र पाँच आइसोलेसनमा रहेको छ । यसैबीच विदेशबाट जिल्ला प्रवेश गर्ने व्यक्तिका लागि राख्न अरनिको राजमार्गस्थित सुकुटे माध्यमिक विद्यालयको छात्रावास भवनलाई होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको सम्पर्क समितिका संयोजक एवं जिल्ला समन्वय अधिकारी महेन्द्रनाथ भट्टराईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ