ताराबहादुर महत, माघ २७, दोलखा ।
दोलखाको मागापौवा गाविसमा
सामुदायिक मेलमिलाप केन्द्रको आज उद्घाटन गरीएको छ । गाविस सचिव विनिता पौडेलले एक कार्यक्रमकाबिच
केन्द्रको उद्घाटन गर्र्नुभएको थियो । सामुदायिक मेलमिलाप केन्द्र मागापौवाकी संयोजक सुनकुमारी भुजेलको
अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य धनबहादुर तामाङ, एमाले क्षेत्र
नम्बर २ का क्षत्रिय कमिटी सदस्य भरतप्रसाद ढुङगेल, नेपाली काङग्रेस मागापौवाका सभापति कृतिबहादुर
तामाङ, एकिकृत माओवादी मागापौवाका अध्यक्ष मानबहादुर सुवेदी, शैलुङ क्याम्पस मागापौवाका प्रमुख विदुर
सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उपस्थित स्थानीय राजनीतिक दलका प्रमुख
तथा प्रतिनीधी, शिक्षक, बुद्धिजिवी लगायतको मन्तव्य राख्नुहुँदै गाविसमा मेलमिलाप कायम राख्न केन्द्रले
सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुका साथै केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको
छ ।
आजै एक कार्यक्रमकाबिच लामिडाँडा गाविसमा पनि सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ ।
समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने
उद्धेश्यले द एसिया फउण्डेसनको आर्थिक सहयोगमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र
(एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति प्रभावित पाँच जिल्लामा सन् २०१५ को सेप्टेम्बर महिनादेखि
सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको छ । यसअघि दोलखामा एक दर्जनबढी मेलमिलाप केन्द्र उद्घाटन
गरिसकिएको छ ।