Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तुल्सीपुरमा बाँझो जग्गा राख्नेलाई दण्ड

२०७७, ५ असार शुक्रबार ०९:४६

असार ५, दाङ । तुलसीपुर उपमहानगरपालिकाले बाँझो जग्गा राख्नेलाई दण्ड दिने र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीति लिएको छ  । आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम आज सातौँ नगरसभामा प्रस्तुत गर्दै उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विश्वमा फैलिएको कोरोना महामारीका कारण बेरोजगारी समस्या बढ्न सक्ने आंकलन गरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

बढ्दो आयातित हाइब्रिड बीउ प्रतिस्थापन गर्न बीउ बैङ्क स्थापना गर्ने, सामूहिक खेतीलाई प्राथमिकता दिने, परम्परागत खेतीलाई आधुनिकीकरण गर्ने,  कृषि औजार प्रयोगलाई बढाउने, एक गाउँ एक उत्पादन अभियान चलाउने र  कृषि बीमा गर्न विभिन्न कम्पनीसँग सहकार्य गर्ने नीति  उपमहानगरपालिकाले लिएको छ ।

युवालाई कृषिमा आकर्षित गर्न धान, मकै र गहुँबालीमा अनुदान दिने, प्लाष्टिक टनेल वितरण गर्ने, कृषक पहिचान कृषिमा स्वाभिमान भन्ने नाराका साथ किसानलाई प्रोत्साहनस्वरुप परिचयपत्र तथा पोशाकको व्यवस्था तथा व्यावसायिक किसानलाई अनुदान दिने व्यवस्था गरिएको नगर प्रमुख पाण्डेले बताए ।

नगरबासीको आपत्कालीन स्वास्थ्य सेवामा सहज पहुँचका लागि सबै वडामा एम्बुलेन्स सेवा विस्तार तथा सुत्केरीको सुरक्षा कार्यक्रम प्रभावकारी भई मातृमृत्युदर शून्यमा झार्न सफल भएकाले प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ । सुत्केरी गराउनका लागि एम्वुलेन्स प्रयोग गर्नेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै