२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा पिसिआर मेशिनः तीन दिनभित्र परीक्षण

२०७७, ६ असार शनिबार ०३:५४

असार ६, दैलेख | पिसिआर परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित यहाँ पिसिआर मेसिन आइपुगेको छ । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो । 

कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पिसिआर मेसिन आवश्यक भएकाले सांसद शर्माको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत यस वर्षका लागि ठेक्का खुलाएर बचेको रु एक करोडले मेसिन खरीद प्रक्रिया थालिएको थियो । अहिले मेसिनसँगै एक हजार थान स्वाब सङ्कलन किट पनि आएको छ । 

डा. रवीन खड्कासहित आठ  स्वास्थ्यकर्मीको टोलीमा ल्याब टेक्निसियनलगायतको सहभागिता छ । पिसिआर मेसिनको प्राविधिक व्यवस्थापन मध्यपश्चिम बिश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहसहितको टोलीले गर्ने सांसद शर्माले जानकारी दिनुभयो । शुरुमा  दैनिक तीन सय जनाको जाँच हुने जनाइएको छ । 

कर्णाली प्रदेश सभाका सदस्य अमरबहादुर थापाले  जनतालाई कोरोना संक्रमणबाट बचाउन  करीब रु  ७० लाखको लागतमा आइसोलेसन अस्पताल निर्माण पनि शुरु गरिएको जानकारी दिनुभयो  ।  

यसैबीच कामको खोजीमा भारत गएका दैलेखका ४२ हजार नागरिक जिल्ला भित्रने क्रम बढेको छ । दैलेखमा आएर क्वारेन्टिनमा बसेकामध्ये अधिकांशको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै अहिले दैलेख रेडजोनमा परेको छ । दैलेखमा ७२३ जनामा कोरोना संक्रमण देखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय