२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीमा ‘कम्ब्याट कोभिड–१९ प्रथम ई–कन्फ्रेन्स’

६ असार २०७७, शनिबार ०८:५३

असार ६, सुर्खेत।‘कम्ब्याट कोभिड–१९ एमडब्लुयु एक्स्पर्ट प्यानेल–२०२०’(सिसिएमइपी–२०२०)को प्रथम ई–कन्फ्रेन्स आज कर्णालीमा सम्पन्न भएको छ । कन्फ्रेन्समा ‘नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषणमा वैज्ञानिक सङ्गोष्ठी’ भएको छ । कार्यक्रमको शुरुआती चरणमा मध्यपश्चिम विश्वविद्यालयअन्तरगत एमआइसिडीका प्रोफेसर डा.दिनेश भुजुले कन्फ्रेन्स आयोजना र त्यसको उद्देश्यमाथि प्रकाश पार्नुभयो । उक्त बहसमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले कोभिड–१९ को वर्तमान अवस्था र मप विश्वविद्यालयको भूमिकाबारे चर्चा गर्नुभयो ।

सो अवसरमा इञ्जिनियर डा.राम आचार्यले नेपालमा कोभिड–१९ले वर्तमान अवस्थामा पारेको प्रभाव, यसको आगामी असर, चुनौति र संभावनाका विषयमा प्रस्तुति दिनुभएको थियो । त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्रका प्राडा. नारायण अधिकारी, नेपाल खुला विश्वविद्यालयका ईपिडिमियोलोजिष्ट प्राडा. सुजनबाबु मरहट्टाले सोही सवालसँग सम्बन्धित रहेर यससँग जुध्ने रणनैतिक योजना र नविन खोजका बारेमा आफ्ना प्रस्तुतिहरु दिनुभयो । कार्यक्रमको समापनमा नास्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा सञ्जय शर्माले विश्वव्यापीरुपमा सङ्कट बनाएको यो महामारीले मानव समुदायलाई नविन खोज तथा अनुसन्धान गर्न प्रेरित गरेको बताउनुभयो । नास्टका प्राडा गङ्गा श्रेष्ठले ‘सङ्गोष्ठी’ को सन्दर्भ र विषय समयानुकूल भएको जनाउँदै महामारीसँग जुध्न र भावी चुनौतिसँग सामना गर्न नयाँ सोच र विधिको विकास हुने तर्क गर्नुभयो ।

मध्य–पश्चिमाञ्चल विश्वविद्यालय (एमयू)को नेतृत्वमा गठित ‘कम्ब्याट कोभिड–१९ एमडब्लुयु एक्स्पर्ट प्यानेल–२०२०’ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञान प्रतिष्ठान (नास्ट)को संयुक्त प्रयासमा आयोजित सो प्रथम कन्फ्रेन्समा विभिन्न प्रतिष्ठित संस्थासँग आवद्ध वैज्ञानिक तथा विज्ञले नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषणसम्बन्धि प्रस्तुतिसहित विचार राख्नुभएको थियो । कन्फ्रेन्सले अहिलेको माहामारी, यसको प्रभाव र नेपालको भावी अवस्थाबारे गहन छलफल गर्ने, सम्बन्धित निकायसम्म सुझाव पु¥याउने र आम जनताको जिज्ञासा मेटाउने अपेक्षा मध्य–पश्चिम विश्वविद्यालयले गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल