2026-10-15 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीमा ‘कम्ब्याट कोभिड–१९ प्रथम ई–कन्फ्रेन्स’

असार ६, सुर्खेत।‘कम्ब्याट कोभिड–१९ एमडब्लुयु एक्स्पर्ट प्यानेल–२०२०’(सिसिएमइपी–२०२०)को प्रथम ई–कन्फ्रेन्स आज कर्णालीमा सम्पन्न भएको छ । कन्फ्रेन्समा ‘नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषणमा वैज्ञानिक सङ्गोष्ठी’ भएको छ । कार्यक्रमको शुरुआती चरणमा मध्यपश्चिम विश्वविद्यालयअन्तरगत एमआइसिडीका प्रोफेसर डा.दिनेश भुजुले कन्फ्रेन्स आयोजना र त्यसको उद्देश्यमाथि प्रकाश पार्नुभयो । उक्त बहसमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले कोभिड–१९ को वर्तमान अवस्था र मप विश्वविद्यालयको भूमिकाबारे चर्चा गर्नुभयो ।

सो अवसरमा इञ्जिनियर डा.राम आचार्यले नेपालमा कोभिड–१९ले वर्तमान अवस्थामा पारेको प्रभाव, यसको आगामी असर, चुनौति र संभावनाका विषयमा प्रस्तुति दिनुभएको थियो । त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्रका प्राडा. नारायण अधिकारी, नेपाल खुला विश्वविद्यालयका ईपिडिमियोलोजिष्ट प्राडा. सुजनबाबु मरहट्टाले सोही सवालसँग सम्बन्धित रहेर यससँग जुध्ने रणनैतिक योजना र नविन खोजका बारेमा आफ्ना प्रस्तुतिहरु दिनुभयो । कार्यक्रमको समापनमा नास्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा सञ्जय शर्माले विश्वव्यापीरुपमा सङ्कट बनाएको यो महामारीले मानव समुदायलाई नविन खोज तथा अनुसन्धान गर्न प्रेरित गरेको बताउनुभयो । नास्टका प्राडा गङ्गा श्रेष्ठले ‘सङ्गोष्ठी’ को सन्दर्भ र विषय समयानुकूल भएको जनाउँदै महामारीसँग जुध्न र भावी चुनौतिसँग सामना गर्न नयाँ सोच र विधिको विकास हुने तर्क गर्नुभयो ।

मध्य–पश्चिमाञ्चल विश्वविद्यालय (एमयू)को नेतृत्वमा गठित ‘कम्ब्याट कोभिड–१९ एमडब्लुयु एक्स्पर्ट प्यानेल–२०२०’ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञान प्रतिष्ठान (नास्ट)को संयुक्त प्रयासमा आयोजित सो प्रथम कन्फ्रेन्समा विभिन्न प्रतिष्ठित संस्थासँग आवद्ध वैज्ञानिक तथा विज्ञले नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषणसम्बन्धि प्रस्तुतिसहित विचार राख्नुभएको थियो । कन्फ्रेन्सले अहिलेको माहामारी, यसको प्रभाव र नेपालको भावी अवस्थाबारे गहन छलफल गर्ने, सम्बन्धित निकायसम्म सुझाव पु¥याउने र आम जनताको जिज्ञासा मेटाउने अपेक्षा मध्य–पश्चिम विश्वविद्यालयले गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा