२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दुई घण्टाको काम दुई मिनेटमा !

२०७७, ७ असार आईतवार १०:०१

असार ७, चिप्लेढुङ्गा। कास्कीको नापी कार्यालयमा  सेवाग्राहीको भीड घटेको छ । कार्यालयले गत फागुनमा सार्वजनिक गरेको मोबाइल एप्स सेवाग्राहीले प्रयोग गर्न थालेपछि सेवाग्राहीका भीड कम हुन थालेको प्रमुख नापी अधिकृत खिमलाल गौतमले जानकारी दिनुभयो । “हामीले गत फागुनमा भूमि प्रशासनमा पारदर्शी र सेवग्राही मैत्री बनाउनका लागि  ‘नापी पोखरा एसओकेपी’ एप्सको ल्याएका थियौँ, यसको प्रयोग बढ्दै गइरहेको छ, कोरोना सङ्क्रमणको अवस्थामा सेवाग्राहीले यसको प्रयोेगबाट सेवा लिन थाल्नुभएको छ ।” उहाँले सो एपबाट दैनिक सेवाहरु टोकन लिन, फारम भर्न, कित्ताकाट, हाल साबिक भिडाउन, नक्सा प्रिन्ट, नक्सा ट्रेस उतार, प्लट रजिष्ट्रार उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण जानकारी लिने काम एप्सबाट भएको बताउनुभयो । 

विचौलियालाई रोक्न कार्यालयबाट सेवा लिन आवश्यक विभिन्न निवेदनका ढाँचाहरु एपमा उपलब्ध भएकाले सेवाग्राहीलाई सहज भएको उहाँको भनाइ छ ।  जग्गा प्रशासनको क्षेत्रमा  पहिलोपटक शुरु गरिएको सो एप्सले अहिले कोरोना रोकथाममा भीडभाड नियन्त्रण साथै समयको बचत अनि विचौलियाको बिगबिगी रोक्न महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । “नक्सा लिन दुई घण्टा लाग्ने काम अहिले दुई मिनेटमा हुन थालेको छ, सेवाग्राहीले ‘रिक्वेस्ट’ पठाएर टोकन लिनुहुन्छ, त्यहीअनुसार आफ्नो काम र समय तोकेर सेवा प्रवाह हुन्छ”, उहाँले यसबाट कर्मचारी र सेवाग्राही दुवै लाभान्वित भएको बताउनुभयो ।   

उहाँ अनुसार नापी कार्यालयले बन्दाबन्दी खुकुलो भएपछि दुई सयभन्दा बढीलाई सेवा दिइसकेको छ भने अहिले आधाभन्दा बढी काम एप्सबाट हुने गरेको छ । कोभिड–१९ भन्दा अघि एप्सको प्रयोगाभ्यास त्यति हुन नसकेकामा अहिले एप्सको प्रयोग गर्ने बढ्न थालेका छन्  । कार्यालयमा बन्दाबन्दी अघि दैनिक दुई सय सेवाग्राही आउने गरेको तथ्याङ्क छ  । उहाँले बन्दाबन्दीमा पनि कार्यालय बन्द नगरी राष्ट्रिय योजनाका कामहरु आन्तरिक रुपमा गरिरहेको जानकारी दिनुभयो । 

एप्सबाट सेवा लिनुभएका पोखराको मेगा बैंकमा कार्यरत कर्मचारी बिमला गुरुङले छिटोछरिटो सेवाका लागि एप्स निकै प्रभावकारी भएको बताउनुुभयो । उहाँले भन्नुभयो, “ एप्सले कार्यालय गएर घण्टौँ कुरेर बस्नुपर्ने समय बचत भएको छ, अहिले  झन् एप्सको प्रयोग उपयुक्त छ ।” उहाँले अनलाइनमा ‘रिक्वेस्ट’ पठाएलगत्तै सम्पूर्ण विवरणसहितको जानकारी आउने र केही समस्या भएमा कार्यालयबाट फोन गरेर पनि जानकारी दिने गरेकाले   सेवा निकै प्रभावकारी भएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण