2026-08-24 04:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक बनेको १० वर्षपछि तापखोलामा पक्की पुल शिलान्यास

असार ८, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिला बजार जोड्ने सडकखण्डमा पर्ने तापखोलामा पक्की पुल शिलान्यास गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिला बजार जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा निर्माण गरिने पक्की पुल शनिबार प्रदेशसभा सदस्य राजन राईले औपचारिकरुपमा शिलान्यास गर्नुभएको हो । 

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम प्रदेश नम्बर १ नेपाल, उदयपुरको लगानीमा पुल निर्माणको काम शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो । रु सात करोड ६१ लाख २४ हजार ५४३ बजेटमा पूरा गरिने तापखोलाको मोटरेबल पक्की पुल ३५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको हुने जनाइएको छ ।   

गत जेठ ८ गते पुल निर्माणको काम जिम्मा लिएको रौता–रोशन–सुशम–आदित्य जेभीले विसं २०७८ मङ्सिर–७ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । तोकिएको मितिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम थालिएको ठेकेदार कम्पनीका प्रतिनिधि लक्ष्मण बस्नेतले बताउनुभयो । आर्थिक वर्ष २०६६/०६७ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा ढिलै भए पनि पक्की पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । 

विसं २०६६ मा साविक खार्मी गाविसको रु १४ लाख बजेटबाट निर्माण शुरु गरिएको सो सडक विसं २०७७ मा पूरा गरेर सञ्चालनमा ल्याइएको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट १५ किलोमिटर टाढा पर्ने खार्मी क्षेत्रको सडकखण्डमा यसपल्ट प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु १५ लाख बजेटबाट खार्मीको कालिका माविदेखि तापखोलासम्म स्तरोन्नति गरिएको छ । 

निर्माण सम्पन्न भएको लामो समयसम्म ढुवानीका सवारीसाधन मात्र सञ्चालन हुँदै आएको सो दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डमा गत वर्षदेखि नियमित बस तथा सुमो सेवासमेत शुरु भएको छ । हिउँदभर करिब छ महिनामात्र सञ्चालन हुने सो सडक खार्मीको अधिकांश क्षेत्रका स्थानीय बासिन्दासँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङलगायतका स्थानीय बासिन्दाले उपयोग गर्दै आएका छन् । 

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी–बाक्सिला सडक स्तरोन्नतिका लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो । “दिक्तेल–खार्मी–बाक्सिला सडक नगरवासीका लागि मात्र नभई उत्तरपूर्वी क्षेत्रका स्थानीय बासिन्दाको लागि प्रमुख मार्गमा पर्दछ”, उहाँले भन्नुभयो, “यो सडकलाई स्तरोन्नति गरेर बाह्रै महिना सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिकासँग सहकार्य गरेर नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग आवश्यक सहयोगलाई निरन्तरता दिइनेछ ।” 

दिक्तेल बजारबाट खार्मी हुँदै बाक्सिला भएर भोजपुरसम्म जोडिने उक्त सडकको सुङ्देलसम्म ट्र्याक खोलिसकिएको छ । सो सडक सञ्चालनमा आउन सके दिक्तेल बजारबाट खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी जाने सबैभन्दा छोटो मार्ग बन्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो