२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेटौँडा -कुलेखानी -काठमाडौँ सडकखण्डमा पहिरो, हटाउन शुरु

८ असार २०७७, सोमबार ०४:५७

असार ८, हेटौँडा। हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिनुभयो । 

बेँसीशहर –चामे सडक पुनः अवरुद्ध 

लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीशहर –चामे सडक पुनः अवरुद्ध भएको छ ।  शनिबार बिहानदेखि गएको पहिराबाट अवरुद्ध सडक आइतबार साँझदेखि चले पनि आज बिहान विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

आइतबार रातिदेखि परेको वर्षाबाट लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकाका रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक अवरुद्ध भएपछि यतिबेला एक्साभेक्टरको माध्यमबाट सडक खुलाउने तयारी भइरहेको छ ।” 

पैंसठ्ठी किलोमिटरको बेँसीशहर–चामे कच्ची  सडक अवरुद्ध भएपछि अत्यआवश्यक कामका लागि सञ्चालन हुने सवारी साधनदेखि मानिसहरु रोकिएको उहाँको भनाइ छ । सडक कति बेला पुनःसञ्चालन हुने यकिन भन्न नसकिने प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा