२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एकको मृत्यु

९ असार २०७७, मंगलवार ०२:५७

असार ९, हेटौडा | भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ । सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार भारतबाट एलपी ग्यास लिएर हेटौँडा हुँदै चितवनतर्फ जाँदै गरेको एनएल१एल २४७० नंको भारतीय ग्यास बुलेटको ठक्करबाट घिसिङको घटनास्थलमै मृत्यु भएको थियो । मृतक घिसिङ मनहरी–६ सुनाचुरीका स्थानीयवासी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

ठक्कर दिने ग्यास बुलेट र सो बुलेटका चालक भारत मोतिहारी जगदाका ५६ वर्षीय विजय मिश्रलाई प्रहरीले  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा