Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

तीन दिनदेखि बेपत्ता बालकको शव फेला: सडक अवरुद्ध

By साझासवाल 3 मिनेट पढाइ

असर ९, अर्घाखाँची | पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ ।  पाणिनि–४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पूजनको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यलयले बताएको छ ।

सुस्त मनस्थितिकी माहिली आमासँग घर नजीकैको बारीमा जांदै गर्दा  जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो ।

यसैबीच शुक्रबार राति नरपानीमा गएको पहिरो खस्नेक्रम नरोकिएपछि पाँच दिनदेखि गोरुसिङ्गे– सन्धिखर्क सडक अझै खुल्न सकेको छैन । पाँच दिनदेखि लगातार परेको वर्षाका कारण नरपानी र खाँचीखोलाबीचमा पहिरो गएको हो ।

पहिरो पन्छाउन दुई डोजरले लगातार काम गरे पनि  खस्नेक्रम नरोकिँदा खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो  ।  सडक बन्द हुँदा बिरामी बोकेका एम्बुलेस र  अन्य सवारी साधन आवतजावत गर्न नपाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो ।

यस्तै शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण  जिल्लामा अधिकांश ग्रामीण सडक पनि अवरुद्ध भएका छन् । रासस