2026-10-24 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा घर निर्माण गरेका आठ परिवारलाई रकम हस्तान्तरण

असार ९, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ घर गरिब परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि एकमुष्ट रु तीन लाख पाँच हजारका दरले रकम प्रदान गरिएको छ । प्रदेश सरकारद्वारा सञ्चालित जनता आवास परियोजनाअन्तर्गत नगरपालिकाका १४ घर गरिब परिवार छनोट गरिएकामा घर निर्माण सम्पन्न गरेका आठ घरपरिवारलाई सोमबार रकम प्रदान गरिएको हो ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गा फिल्ड युनिट खोटाङले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले रकमको चेक हस्तान्तरण गर्नुभयो । गरिब घरपरिवारलाई रकम हस्तान्तरण कार्यक्रममा नगरस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख, पत्रकारलगायतको उपस्थिति थियो । 

गरिबीका कारण ओत लाग्ने घर निर्माण गर्न नसकेर छाप्रोमा बस्दै आएका नगरवासी प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट नयाँ घर निर्माण गर्न पाएपछि हर्षित भएका छन् । “घर निर्माण गर्ने पैसा अभावले हामी झुप्रोमा जीवन बिताइरहेका थियौँ”, रकम बुझेपछि वडा नम्बर–७ दोर्पाकी कविता राईले भन्नुभयो, “सङ्घीयता कार्यान्वयन भएपछि गरिबलाई पनि सरकारले हेर्दोरहेछ भन्ने अनुभूति भएको छ ।”

 दश स्थानीय तह रहेको जिल्लामा उक्त कार्यक्रमअन्तर्गत यस वर्ष १०० घर निर्माण गरिएको फिल्ड युनिट खोटाङका कार्यालय प्रमुख प्रमोद मण्डलले बताउनुभयो । कार्यालय प्रमुख मण्डलका अनुसार जिल्लामा सबै घर निर्माण सम्पन्न भइसकेकाले केही दिनभित्रै रकम प्रदान गरिने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने