2026-09-13 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मादी गाउँपालिकाद्वारा जनप्रतिनिधिको लगायतको बैठक भत्ता कटौती

कृष्ण दवाडी। असार ११, कास्की। कास्कीको मादी गाउँपालिकाले कोभिड–१९को कारणले गाउँपालिकाको अर्थतन्त्र प्रभावित भएको जनाउँदै जनप्रतिनिधिको लगायतको बैठक भत्ता कटौती गरेको छ ।

गाउँपालिका उपाध्यक्ष विष्णुमायाँ आचार्यले बुधबार गाउँसभामा प्रस्तुत गरी सभाबाट पारित आर्थिक वर्ष २०७७÷०७८ वार्षिक बजेट कार्यक्रममा कोरोनाका कारणबाट शिथिल हुन पुगेको गाउँपालिकाको अर्थतन्त्रलाई गतिशिल बनाउनको लागि गाउँपालिकाबाट आयोजना गरिने सवै प्रकारका बैठकको भत्ता कटौती गरिने उल्लेख छ ।

उहाँले गाउँपालिकाकाले आयोजनामा हुने विभिन्न बैठकमा सहभागी भए बापत दिइदै आइएको कर्मचारी, जनप्रतिनिधि लगायत सबैको भत्ता खारेज गरिएको जानकारी दिँदै बजेट तर्जुमा गर्दा गाउँपालिकाको आन्तरिक स्रोतको परिचालन मार्फत राजश्व अभिवृद्धि गरी तत्काल रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी हुने कार्यक्रम तर्जुमा गरिएको उल्लेख गर्नुभयो ।

गाउँपालिकाले वर्तमान अवस्थामा रोजगारी सिर्जना, कृषि तथा पशुपालनको क्षेत्रमा लगानीको सुनिश्चितता, पूर्वाधार विकास क्षेत्रमा स्थानीय स्रोत, साधन तथा मानवीय स्रोतको भरपूर परिचालन गरी रोजगारी वृद्धिको लक्ष्य सहित आगामी वर्षका लागि रु ६५ करोड ७४ लाख ७२ हजार ५४८ को बजेट पारित गरेको छ ।

सो गाउँपालिकाले चालू आवमा गाउँपालिका तथा वडा कार्यालयबाट संचालन हुने गरी स्वीकृत योजना तथा कार्यक्रम कोभिड–१९ का कारण सिर्जित अवस्थाबाट प्रभावित भई सञ्चालन हुन नसकेका योजना तथा कार्यक्रमलाई आगामी आवमा क्रमागतमा राखी सञ्चालन हुने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले कृषि विकास, पशुपालन तथा उद्यम विकास मार्फत अधिकतम रोजगारीका अवसर सृजना गर्ने, विदेशबाट फर्केका युवाहरुलाई स्वदेशमा नै स्वरोजगार हुन प्रेरित गर्ने, कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापन तथा पालिका केन्द्र र वडा केन्द्रहरुलाई जोड्ने रणनीतिक महत्वका सडकहरुको स्तरोन्नति तथा गाउँपालिका प्रशासकीय भवन, वहुउद्देश्यीय भवन,विद्यालय भवन लगायतका संरचनाहरु निर्माणलाई बजेटमा प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको प्रशासकीय भवन, वडाहरुको कार्यालय भवन,सामुदायिक भवन निर्माण र अन्य भवन संरचना निर्माण तथा मर्मतका लागि रु पाँच करोड ३५ लाख, गाउँपालिकाको प्रस्तावित चक्रपथ याङ्जाकोट–तोगी–वार्चोक–भाचोक–नागिधार–पोशी–पक्र्यु सडकको वाँकी ट्रयाक खोल्नका लागि रु. २० लाख तथा स्थानीयस्तरका सडकहरुको निर्माण तथा स्तरोन्नति, नयाँ ट्रयाक खोल्न र गोरेटो वाटो सुधारको लागि रु दुई करोड १६ लाख सहित पूर्वाधार कार्यक्रममा रु १८ करोड विनियोजन गरिएको छ ।

पशु धन तथा वागवानी विकासका कार्यक्रमका लागि रु १८ लाख ७० हजार, अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमको लागि रु ५० लाख, कृषि तथा पशुपालन अनुदान, औजार उपकरण तथा कृषि प्रर्वद्धन गरी रोजगारी सिर्जनाका लागि रु ६४ लाख विनियोजन गरिएको छ ।

आय आर्जन सम्वन्धी कार्यक्रम तथा सचेतनामूलक तालिमका लागि रु. ५३ लाख ७४ हजार तथा  कृषि तथा पशु औजार उपकरण वितरण अनुदान र कृषि तर्फको सामान्य पूर्वाधार निर्माण सुधारका लागि रु २५ लाख ३० हजार विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी सामाजिक विकासतर्फ रु ३३ करोड ३६ लाख ९१ हजार विनियोजन गरिएको छ । एक घर एक धारा निर्माण तथा खानेपानी आयोजनाहरुको मर्मत सुधारको लागि रु ३३ लाख ८० हजा, युवा, खेलकुद तथा संस्कृति संरक्षण तर्फ रु १७ लाख, उपाध्यक्षसँग महिला बालवालिका तथा अपाङ्गता भएका व्यक्ति लक्षित कार्यक्रमको लागि रु १५ लाख, लक्षित कार्यक्रममा रु ४६ लाख तथा विद्यालयको कार्यसम्पादनमा आधारित अनुदान, स्वास्थ्य संस्था तलव अनुदान र महिला स्वास्थ्य स्वंय सेविका प्रोत्साहन भत्ता समेत गरी रु. ५२ लाख प्रस्ताव गरिएको छ ।

कोरोना भाइरसको प्रकोप रोकथाम, नियन्त्रण तथा व्यवस्थापन तथा अन्य विपद व्यवस्थापन कार्यमा खर्च गर्ने गरी प्रकोप व्यवस्थापन कोषमा रु एक करोड तथा विपद् व्यवस्थापन सम्वन्धी अभिमूखीकरण, भू–क्षय नियन्त्रण, नदी नियन्त्रण, सरसफाई सम्वन्धी कार्यक्रमहरु संचालन गर्न रु २० लाख ८५ हजार बजेट छुट्टाइएको गाउँपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले