साउन ७, काठमाण्डौ । कुनैपनि एउटा बिद्यार्थी जब उच्च शिक्षाको लागी कलेजमा भर्ना हुन्छ, त्यहाँ उसले स्वागत कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाण्डौ । कुनैपनि एउटा बिद्यार्थी जब उच्च शिक्षाको लागी कलेजमा भर्ना हुन्छ, त्यहाँ उसले स्वागत कार्यक"/>
८ कार्तिक २०८१, बिहीबार
काठमाडौँ - KTM

गिरानचौरमा ढुङ्गा बोकाएर बिद्यार्थीको स्वागत

७ श्रावण २०७३, शुक्रबार १५:५१

साउन ७, काठमाण्डौ । कुनैपनि एउटा बिद्यार्थी जब उच्च शिक्षाको लागी कलेजमा भर्ना हुन्छ, त्यहाँ उसले स्वागत कार्यक्रममा के पाउछ होला र ? सहजै अनुमान लगाउन सकिन्छ, होटल वा पार्टि प्यालेसमा धुमधामका साथ नाचगान सहितको स्वागत कार्यक्रम । तर काठमाडौको एउटा कलेजले स्वागत कार्यक्रममा उच्च शिक्षाकोलागी आएका नव आगन्तुक बिद्यार्थीहरुलाई ढुङ्गा, माटो, बालुवा दिनभर बोकाएर स्वागत गर्यो । 

काठमाण्डौको सिनामंगलमा रहेको सौर्य इन्टरनेस्नल कलेजले बिहिबार बिद्यार्थीहरुलाई सिन्धुपाल्चोकको गिरानचौरमा निर्माणाधिन धुर्मुस सुन्तली एकिकृत नमुना बस्तीमा लगेर श्रमदान सहित स्वागत कार्यक्रम गरेको छ । बिद्यार्थीहरुले करिब ३ घण्टा श्रमदान गरेको कलेजका किरण खनालले बताए । श्रमदान पछि भएको कार्यक्रममा कलाकार सिताराम कट्टेल (धुर्मुस)ले  प्राय कलेजहरुको स्वागत कार्यक्रमा आफुपनि जाने गरेको तर यस्तो सामाजिक भावानाले स्वागत गरेको पहिलो पटक देखेको त्यो पनि आफ्नै परियोजनामा भन्दै कलेज परिवार प्रती आभार प्रकट गर्दै बिद्यार्थीहरुको उच्च शैक्षिक यात्रालाई शुभकामना दिए । 

कतिपय बिद्यार्थीहरुले भुकम्प सुनेको र टेलिभिजनमा देखेको मात्र तर स्वागत कार्यक्रममा पिडितहरुलाई धुर्मुस सुन्तली संगै केहि सहयोग गर्न पाएको प्रती गर्व महसुस भएको बताए । कार्यक्रममा कलेजका कार्यक्रम निर्देशक दिपक बास्तोलाले “सामाजिक संस्कार युक्त जनशक्ति उत्पादन गर्न स्वागत देखिनै बिद्यार्थीहरुलाई समाज र देशप्रती जिम्बेवार नागरिक बनाउन यसरी स्वागत गरिएको बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?