२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

पिसिआरको रिपोर्ट नआउँदै घर

१२ असार २०७७, शुक्रबार ०३:२४

असार १२, बाजुरा | जिल्लाको बूढीगङ्गा नगरपालिकाको क्वारेन्टिनमा बसेका १८ जना कोरोना सङ्क्रमितलाई घर पठाएको छ । सङ्क्रमितमा १४ दिनसम्म कुनै पनि लक्षण नदेखिएको भन्दै सङ्क्रमितलाई घर पठाइरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

बूढीगङ्गा नगरपालिका–१ धुरालसैन क्वारेन्टिनमा बसेका १७ जना र वडा नम्बर २ वसन्त प्राविको क्वारेन्टिनमा रहेकी एक सङ्क्रमितलाई नगरपालिकाले घर पठाएको हो । वसन्त प्राविमा रहेकाको आरडिटी पोजेटिभ आउँदा पिसिआरको लागि पठाएको तर रिपोर्ट नआउँदै ११ जनालाई समेत घर पठाइएको छ । १४ दिनसम्म लक्षण नदेखिए होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउन सरकारको निर्देशनअनुसार नै पठाइएको स्वास्थ्य कार्यालयको दाबी छ ।

“१४ दिनसम्म पनि पिसिआर जाँचको रिपोर्ट नआएपछि वसन्त बालमैत्री विद्यालयमा रहेका ११ जना आरडिटी पोजेटिभ व्यक्तिलाई पनि घर पठाइएको हो ।” “सरकारको मापदण्डअनुसार घरको आइसोलेसनमा बस्ने गरी कागज बनाएर पठाएको अनमी दीया सिंहले बताउनुभयो  ।”

सञ्चो नहुँदै घर पठाइएका होम क्वारेन्टिनमा नबसी घुम्ने गरेको पाइएको छ । जसले गर्दा गाउँमा त्रासको वातावरण छ । स्थानीय प्रहरी प्रशासन, स्थानीय तह र स्वास्थ्य कार्यालयकै लापरवाहीले सङ्क्रमणले ठूलो रुप लिने चिन्ता स्थानीयमा छ । यसअघि बाजुराकै बडिमालिका नगरपालिकाका ३४ जना सङ्क्रमतिलाई पिसिआर जाँचको रिपोर्ट नआउँदै घर पठाइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन