दान बहादुर बुढा | साउन ८, मुगु  | मुगुमा एक साता यता देखि भएको लगातारको बर्षाका कारण गमगढी नाग्म सडक खण्डको घुच्ची लेक देखि गमगढी बजार सम्म दर्जनौ स्थानमा सडक भत्किदा सडक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | साउन ८, मुगु  | मुगुमा एक साता यता देखि भएको लगातारको बर्षाका कारण गमगढी नाग्म सडक खण्डको घुच्ची लेक देखि गमगढी बजार सम्म दर्जनौ स्थानमा सडक भत्किदा सडक "/>
2026-09-08 12:17 PM
अर्थ/विकास

वर्षाका कारण सडक यातायात ठप्प

दान बहादुर बुढा | साउन ८, मुगु  | मुगुमा एक साता यता देखि भएको लगातारको बर्षाका कारण गमगढी नाग्म सडक खण्डको घुच्ची लेक देखि गमगढी बजार सम्म दर्जनौ स्थानमा सडक भत्किदा सडक यातायात रोकिएको छ ।

 वर्षाले घुच्ची लेकमा रहेको सातघुम्ती, पिना खोला, झ्यारी खोला, ताल्च, मैतु र गमगढीसम्म दर्जनौ ठाउँमा सडकमा पहिरो खसेको छ । पहिरोका कारण सुर्खेत नेपालगञ्ज देखि दैनिक उपभोग्य वस्तु तथा व्यापारिक सामान ल्याएर आएका गाडीहरु बिचमा नै रोकिएका छन । जुम्लाको गोठी ज्युला, घुच्ची लेकको भुलभुले मुगुको झ्यारी खोला र गमगढीमा दर्जनौ मालबाहक गाडीहरु सामान सहित रोकिएका छन । सडक ठाउँठाउँमा पहिरोका कारण अबरुद्ध बने पछि ताल्च विमान स्थल देखि तिन किमी दक्षिण झयारी खोलामा दर्जनौ मालबाहक गाडी राकिएका र व्यापारीहरुले सबै सामान त्यहि गोदाम गरि राखेका गमगढीका व्यापारी कर्ण बुढाले बताए । सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लालाई एक साता देखि नै पटक पटक सम्पर्क गरे पनि अहिलेसम्म विभागले पहल नचालेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताए । 

सडक सुचारु गर्नका लागि विभागले नेपालगञ्जमा डोजर पठाई दिन भने पछि डोजर विहिवार नै हिडेको र छिट्टै सडकमा आएको अवरोध हटाउने प्रयास गरिरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख नारायण भण्डारीले जानकारी दिए । सडकको निर्माण कार्य जिम्मा लिएको ठेकेदार कम्पनिलाई विभागले अहिले सडक सुचारु गर्न दवाव दिन नमिल्ने अवस्था रहेको र विभागसंग यो सडक मर्मत कार्यको कार्यक्रम रहेकाले  विभागले सडक आफै सुचारु गराउने उनले बताए ।

 गमगढी देखि ताल्च हुँदै पिनासम्मको सडक खण्डमा सबै भन्दा ठुला र धेरै अवरोध आए पछि सदरमुकाम गमगढीका व्यापारीहरुले व्यापारिक सामान सहित विचमा रोकिएका गाडी गमगढी ल्याउन पिना देखि बालै हुँदै गमगढी ग्रामीण सडक खुलाउने प्रयास गरिरहेको मुगु उद्योग वाणिज्य संघका सदस्य रबि रावतले बताएका  छन ।  

यता यहि मौका छोपी सदरमुकाम गमगढीमा व्यापारीहरुले दैनिक उपभोग्य वस्तु, पेय पदार्थको आफुखुसी मुल्य वृद्धि गरेर कालो बजारी समेत सुरु गराएका छन । विशेष गरि मसुरो रातो दालमा प्रति केजी. ३० रुपैया बढाएर १ सय ८० , कालो दाल २ सय ४० बाट प्रति केजी ३ सय , सिमी १ सय ३० बाट १ सय ४० बनाएका छन । मदिरा जन्य पेय पदार्थको समेत मुल्य वृद्धि भएको छ भने कतिपय व्यापारीले बजारमा समान लुकाएर कृतिम अभाव समेत सिर्जना गराएका छन । अहिले कुरानै  जानकारी नआएको र त्यसलाई नियन्त्रण गर्न केही दिनमा नै बजार अनुगमन गरिने प्रमुख जिल्ला अधिकार केशवराज शर्माको भनाई छ ।

 बैधानिक तरिकाले मुल्य वृद्धि नभएको र बजारमा कुनै व्यापारीले आफुखुसी मुल्य वृद्धि गरेको पाईएमा कानुनी प्रक्रिया अगाढी बढाईने मुगु उद्योग बाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल