२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीमा २६ सङ्क्रमित थपिए, कूल सङ्ख्या १,४३३

१३ असार २०७७, शनिबार ०५:२०

असार १३, सुर्खेत।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो । 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआरमा १२ सुर्खेत, पाँच दैलेख, तीन सल्यान, दुई जाजरकोट र एक मुगु गरी २३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो ।

त्यसमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ११ र बराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यान शारदा नगरपालिकाका तीन, जाजरकोट शिवालय गाउँपालिकाका दुई र मुगु छायाँनाथ नगरपालिकाका एक जना गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआर परीक्षणमा काठमाडौँ टोखा नगरपालिकाका एक, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका एक र जुम्ला सिञ्जा गाउँपालिकाका एक गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले बताउनुभयो । यतिबेलाको पिसिआर परीक्षणमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी देखिएकाले कोरोना सङ्क्रमण समुदायमा फैलिएको बताइएको छ ।

कोरोना सङ्क्रमण जितेर घर फर्कनको सङ्ख्या हालसम्म ७२० पुगेको महाशाखाले जनाएको छ । कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल