2026-09-13 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्वारेन्टिनमा मृत्यु भएका बैतडीका एक व्यक्तिको रिपोर्ट नआउँदै दाहसंस्कार

असार १४, बैतडी । क्वारेन्टिनमा खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आज दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आज घरपरिवारले नै दाहसंस्कार गरेका हुन् ।  

दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा दुई महिनादेखि भान्सेका रुपमा रहनुभएको थियो ।

शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएका ती व्यक्तिको आज दाहसंस्कार गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिनुभयो ।  

जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तलाई दासंस्कारका लागि दिइएको हो । आवश्यक सुरक्षा सतर्कता अपनाएर सुरक्षितरुपमा परिवारका निश्चित मान्छे सहभागी भएर दाहसंस्कार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “रिपोर्ट आउन समय लाग्ने र पछि शव बिग्रने र घरपरिवारका मान्छेलाई पनि चिन्ता हुने भएकाले दाहसंस्कार गर्न लगायौैँ ।” शव परीक्षणका क्रममा यही कारण मृत्यु भएको भन्ने खासै केही पनि नदेखिएको जिल्ला अस्पतालका डाक्टर वसन्तराज जोशीले बताउनुभयो । 

मृतकको कोरोना तथा पिसिआर परीक्षणको स्वाब सङ्कलन गरी धनगढी पठाइएको छ । सो नगरपालिकामा हाल ३० जना कोरोना सङ्क्रमित रहेका छन् । भने जिल्लाभरि २३३ जनामा कोरोना पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन