साउन ८, काभ्रे | मानिसको जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काभ्रे | मानिसको जन"/>
२८ मंसिर २०८२, शनिबार
काभ्रेपलान्चोक - KVP

सासूलाई दागबत्ती दिएर बुहारी बसिन् किरिया

८ श्रावण २०७३, शनिबार ०२:३३

साउन ८, काभ्रे | मानिसको जन्म र मृत्यु स्वतः सिद्ध छ। यसमा संस्कार गर्ने परम्परागत विधिलाई समयअनुसार परिमार्जन गर्दै  जानुपर्छ  भन्ने कुरा एक बुहारीले सासूलाई दागबत्ती दिनेदेखि काजकिरिया गर्ने कामको थालनीबाट गरेकी छन्। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। 

काभ्रेको पातलेखेत गाविस-१ मलिनचौरकी सरस्वती धितालले यसको थालनी गरेकी हुन्। सम्भवतः नेपालमै सरस्वतीले सासूलाई दागबत्ती दिएर काजकिरिया थालनी गरेको पहिलो घटना हुनसक्छ। 

पातलेखेतको सामान्य परिवारकी एकल महिला नेत्रकुमारी धितालको बिहीबार विहान ८४ वर्षको उमेरमा निधन भएको थियो। स्वर्गिय धितालको पनौती घाटमा हिन्दु परम्पराअनुसार बुहारी सरस्वतीले दागबत्ती दिएर अन्तिम संस्कार गरेकी थिइन्। 

समाजलाई परिवर्तनको मागैमा अघि बढ्न प्रेरणाको स्रोत बन्दै आफ्नो दायित्व पूरा गर्दै सासुको संस्कारदेखि किरियापुत्रीसम्म बन्ने अठोट बोकेकी सरस्वती समाज र नेपालकै लागि उदाहरणीय व्यक्तित्वको रुपमा देखा परेकी छन्।

उनको १७ वर्षको उमेरमा २०२६ सालमा नेत्रकुमारीका छोरासँग् विवाह भएको थयो। उनले लाउँलाउँ खाउँखाउँको २३ वर्षको उमेरमै २०३२ सालमा आफ्नो जीवनसाथी गुमाएपछि नेत्रकुमारीको निर्देशनमा छोरीको पालनपोषण गर्नुका साथै जीवन यापनका लागि किसानी गरेर ६४ वर्षको उम्मेरसम्म सासूका साथ बस्दै आएकी थिइन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ