नन्दराम जैशी | साउन ८ जुम्ला | जुम्लाको नमुना गाविसको कार्यालय लाम्रालाई शुक्रबार एक औपचारिक कार्यक्रमका विच जिल्लाको पाचौँ गाविसको रुपमा पुर्ण खोप गाविस घोषणा गरिएको छ । गाविसमा रहेका ४ सय ३ जना बालबालिका मध्ये सबै बालबालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन ८ जुम्ला | जुम्लाको नमुना गाविसको कार्यालय लाम्रालाई शुक्रबार एक औपचारिक कार्यक्रमका विच जिल्लाको पाचौँ गाविसको रुपमा पुर्ण खोप गाविस घोषणा गरिएको छ । गाविसमा रहेका ४ सय ३ जना बालबालिका मध्ये सबै बालबालिक"/>
२३ चैत्र २०८१, शनिबार
अर्थ/विकास

जुम्लाको पाचौँ गाविसको रुपमा लाम्रा पुर्ण खोप गाविस घोषणा

८ श्रावण २०७३, शनिबार ०३:०८

नन्दराम जैशी | साउन ८ जुम्ला | जुम्लाको नमुना गाविसको कार्यालय लाम्रालाई शुक्रबार एक औपचारिक कार्यक्रमका विच जिल्लाको पाचौँ गाविसको रुपमा पुर्ण खोप गाविस घोषणा गरिएको छ । गाविसमा रहेका ४ सय ३ जना बालबालिका मध्ये सबै बालबालिकाले पुर्ण खोप पाएकाले उक्त गाविसलाइ पुर्ण खोप गाविस घोषणा गरिएको हो ।    

जिल्ला स्थित सरोकारवाला निकाय, विभिन्न राजनितिक दल र सम्पुर्ण गाविसबासीको सहभागितामा प्रतिबद्धता जाएर गर्दै पुर्ण खोप गाविस घोषणा गरिएको हो । लाम्रा गाविसले खोपका लागि आवश्यक न्युनतम सुचक पुरा गरेको भन्दै गाविस तथा स्वास्थ्य चौकीको सिफरिसमा पुर्ण खोप गाविस घोषणा गरिएको जनस्वास्थ्य अधिकृत बैद्यनाथ झाँले बताए ।         

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा  निमित्त स्थानिय विकास अधिकारी क्षेत्र बहादुर बुढथापाले लाम्रा गाविसका सम्पुर्ण बालबालिकाले खोप प्राप्त गरेको घोषणा गर्नु भयो । घोषणा सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले नेपालको औसत आयुको तुलनामा कर्णालीमा तुलनात्मक रुपमा कम भएको भन्दै यस्ता कार्यक्रमहरुले सघाउ पुर्यउने बताए । विषेश अतिथि समेत रहनु भएका पण्डितले जुम्ला जिल्लालाई आगामी २०१७ सम्म पुर्णखोप मुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम रहेकाले यसमा सबैको भुमिका महत्वपुर्ण रहेको उनको भनाइ छ ।      

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले उक्त गाविसलाई घोषणा गर्नु मात्र ठुलो कुरा नभई घोषणापछि आगामि दिनका कार्य सफल रुपमा कार्र्यान्वयन गर्नेु पर्नेमा जोड दिएका छन् । पुर्ण खोप गाविस घोषणा कार्यक्रममा गाविसका आमा समुह तथा बालबालिकाले जनचेतनामुलक प्रस्तुतिहरु प्रस्तुत गरेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका खोप सुपरभाइजर मणिकृष्ण उपाध्यायले जानकारी दिए ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?