२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा पिसिआर ल्याब स्थापना गर्न वाग्मतीलाई अनुरोध

१६ असार २०७७, मंगलवार १७:००

असार १६, नुवाकोट | नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न वाग्मती प्रदेश कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।  प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले नुवाकोट तथा छिमेकी  धादिङ र रसुवामा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले  समुदायस्तरमा संक्रमण फैलिने जोखिम कम गर्न पिसिआर ल्याब स्थापना हुुन जरुरी रहेको ठहर गरेको छ । 

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न आवश्यक सहयोगका लागि गुण नेभर इन्टरनेशनल(जिनआई) र कोइकालाई समेत आग्रह गर्ने निर्णय भएको  जानकारी दिनुभयो । नगर प्रमुख पण्डितका अनुसार  जिल्लामा दुई सय शय्या क्षमताको आइसोलेशन वार्ड निर्माण गर्नुपर्ने हुँदा हाल त्रिशूली अस्पतालमा १० शय्या थप गरी ३० शय्या बनाइने, शैक्षिक विकास तालीम केन्द्र विदुरमा २५ शय्याको आइसोलेसन वार्ड तयार गरिने तथा खरानीटार अस्पतालमा दुई शय्या थप गरी १० शय्या बनाइने निर्णय पनि भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान