2026-09-13 07:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखराका पर्यटकीयस्थलका सूचना विभिन्न भाषामा तयार

असार १७, पोखरा । पोखरा महानगरपालिकाले पर्यटकीयस्थलको प्रचारप्रसारका लागि विभिन्न भाषामा सूचना तयार गर्ने भएको छ । पर्यटकीय राजधानी पोखरालाई विश्वभर परिचित गराउन पर्यटकीयस्थलसम्बन्धी सूचनालाई विभिन्न भाषामा तयार गरी प्रचारप्रसार गर्न आवश्यक बजेट छुट्याइएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।

महानगरपालिकाले पर्यटन क्षेत्रका लागि रु दुई करोड ४६ लाख विनियोजन गरेको छ । महानगरपालिकाले ‘हाम्रो चाहना पर्यटन मैत्री संरचना’ निर्माण कार्य अभियानका रुपमा अगाडि बढाउने तयारी गरेको छ । स्थानीय प्राङ्गारिक उत्पादनलाई प्रवद्र्धन गर्दै महानगरपालिकालाई एग्रो टुरिजम केन्द्रका रुपमा विकास गर्न बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । उहाँका अनुसार सामुदायिक वनसँगको सहकार्यमा खुला क्षेत्र संरक्षण गर्दै १४ स्थानमा पिकनिकस्थल निर्माण गर्नेछ । सराङकोट र पुम्दीभुम्दीमा निर्माणाधीन पर्यटकीय संरचना निर्माणलाई निरन्तरता दिइएको महानगरपालिकाले जनाएको छ ।

भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र विकास तथा महानगरभित्र बोलिने लोपोन्मुख भाषाको संरक्षणमा जोड दिइने उल्लेख गर्दै उपप्रमुख गुरुङले आगामी आर्थिक वर्षमा दुईवटा भाषाको शब्दकोष र व्याकरण निर्माणका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले