२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

१७ असार २०७७, बुधबार १५:०४

असार १७, रुकुम पूर्व | रुकुम(पूर्व)मा श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को ज्यान गएको हो ।  सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो ।

पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमान्लाई दाउराले टाउकामा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ । मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ । धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताउनुभयो ।  

घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान