2026-10-24 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने

केदार मगर, असार १९, खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । करिब ९०० घर गरिब परिवार रहेको सो नगरपालिकालाई आगामी दुई वर्षभित्र खरको छानामुक्त बनाउने अभियानअन्तर्गत बिहीबार ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि पहिलो किस्ताबापतको रकम प्रदान गरिएको छ । 

सङ्घीय सरकारबाट प्राप्त २० तथा नगरपालिकाको तर्फबाट २५ गरी ४५ घर गरिब परिवारलाई रु ५० हजारका दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको नगर उपप्रमुख विणादेवी राईले बताउनुभयो । “नगरपालिकाभित्र करिब ९०० को हाराहारीमा गरिब घर परिवार रहेका छन्”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०७७÷०७८ मा ३३८ घर परिवारमा उक्त कार्यक्रम लागू हुनेछ ।”

प्रतिगरिब घर परिवारलाई रु ५० हजार उपलब्ध गराउने कार्यक्रमअन्तर्गत पहिलो किस्ताबापतको रु २५ हजारका दरले उपलब्ध गराइएको रकमको चेक प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले हस्तान्तरण गर्नुभयो । बाँकी रु २५ हजार रकम लक्षित परिवारले घरमा छाना लगाइसकेपछि मात्र प्रदान गरिने जनाइएको छ । दश हजार ५० घरधुरी रहेको नगरपालिकालाई खरको छानामुक्त अभियान शुरु गरेपछि गरिब घर परिवार पनि हर्षित बनेका छन् । नगरपालिकाले तेस्रो नगर दिवसको अवसर पारेर खरको छानामुक्त अभियान शुरु गरेपछि आर्थिक अभावमा जस्तापाताको छाना लगाउन नसकेका गरिब घर परिवार हर्षित भएका हुन् । 

नगरपालिकालाई आफ्नै कार्यकालमा खरको छानामुक्त बनाउने गरी काम शुरु गरिएको नगप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “हामी निर्वाचित भएर आउनासाथ पहिलो नगरसभाबाट गरिबका लागि छानो कार्यक्रम पारित गरिएको थियो”, उहाँले भन्नुभयो, “विभिन्न कारणले शुरुआत गर्न सकिएको थिएन । बिहीबारबाट औपचारिक रुपमा शुरुआत गरिएको छ । यो कार्यक्रम हाम्रै कार्यकालमा सम्पन्न गरिनेछ ।”

नगरपालिकाले शुरु गरेको गरिबका लागि छाना कार्यक्रम प्रभावकारी रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद भट्टराईले प्रतिक्रिया दिनुभयो । “जिल्लाका दशवटै स्थानीय तहमा गरी करिब २३ हजार घरधुरी स्थानीय बासिन्दा खरको छाना भएको घरमा बसिरहेको तथ्याङ्क छ”, उहाँले भन्नुभयो, “सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत दुई वर्षभित्र सबै गरिब परिवारको घरमा छाना उपलब्ध गराउने सरकारको लक्ष्य छ ।”

पन्ध्र वटा वडा रहेको सो नगरपालिकामा यसअघि जनता आवास कार्यक्रमअन्तर्गत नयाँ आवास निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याएका आठ घर गरिब परिवारलाई रकम उपलब्ध गराइएको थियो । प्रदेश सरकारद्वारा सञ्चालित जनता आवास परियोजनाअन्तर्गत नगरपालिकाभित्र बसोबास गर्ने १४ घर गरिब परिवार छनोट गरिएकामा नयाँ घर निर्माण सम्पन्न गर्ने आठ घर गरिब परिवारलाई एकमुस्ट रु तीन लाख पाँच हजारका दरले रकम प्रदान गरिएको हो । 

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गा फिल्ड युनिट खोटाङमार्फत जिल्लाका दशवटै स्थानीय तहमा आवास निर्माण कार्यक्रम सञ्चालनमा छ । गरिबीका कारण ओत लाग्ने घर अभावमा छाप्रोमा बस्दै आएका नागरिकलाई प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट नयाँ घर निर्माण गर्न पाएपछि उनीहरु हर्षित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने