२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा झोलुङ्गे पुलमाथि नदी बग्न थालेपछि आवतजावतमा समस्या

२१ असार २०७७, आईतवार ०४:०९

आषाढ २१, बाजुरा । अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ । पुलमाथि पानी बग्न थालेपछि आवजावतमा जोखिम भएको बूढीगङ्गा–२ का वडाध्यक्ष हिरालाल थापाले जानकारी दिनुभयो ।

लगातारको वर्षाले शुक्रबारदेखि पुलमाथि पानि बग्न थालेपछि आवतजावत समस्या भएको छ । पुलमाथि पानी जाँदा त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकामा आउन जान निकै समस्या भएको छ । पुलमाथि पानी बगेपछि जतिबेला पनि पुल बग्ने सम्भावना रहेकोले आवतजावतमा समस्या भएको स्थानीय वसन्त थापाले बताउनुभयो ।

लगातार वर्षाले बाजुराका अन्य झोलुङ्गे पुल पनि जोखिममा रहेका छन् । बूढीगङ्गा नदीले बाजुराको द्वारी, तिपाडा, राप्का, अछामको साँफे, बुढाबगरलगायत ठाँउका दर्जनौँ पुल उच्च जोखिममा रहेका छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् ।

बूढीगङ्गा नदीको द्वारीमा रहेको झोलुङ्गे पुल बगाइसककेको स्थानीय धन जैशीले बताउनुभयो । कर्णालीको पिलिचौरमा रहेको झोलुङ्गे पुल बर्सातको समयमा सधैँ जोखिममा पर्ने गरेको छ । त्यो सँगै कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् । 

वाई र वाधु जोड्ने पुल, गोत्रीको साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो । झोलुङ्गे पुलभन्दा माथि कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोट गाउँपालिकामा आवतजावत प्रभावित बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य