Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यावहारिक अध्ययनका लागि आकर्षक गन्तव्य बन्दै वनस्पति केन्द्र

२०७७, २२ असार सोमबार ०७:३०

रमेशकुमार वली। असार २२, सल्यान । कपुरकोटको मूलपानीस्थित वनस्पति अनुसन्धान केन्द्र व्यावहारिक अध्ययनका लागि आकर्षक गन्तव्यका बन्न थालेको छ । केन्द्रले संरक्षण गरेका वनस्पतिसँंगै निर्माण गरिएका भौतिक पूर्वाधार तथा उद्यानको अध्ययन तथा अवलोकन गर्नेहरु उल्लेखनीय वृद्धि हुन थालेका छन् । 

केन्द्रले जिल्लाको हावापानीमा पाइने विभिन्न महत्वपूर्ण जडिबुटीलगायत पाँच सयभन्दा बढी वनस्पतिको संरक्षण गर्दै आएको छ । साथै केन्द्रले उद्यानभित्र औषधिजन्य वनस्पति तथा विभिन्न प्रजातिका फूलले सजिसजाउ भएपछि अध्ययनका लागि मात्रै नभएर घुम्ने उद्देश्यले समेत आउनेहरुको सङ्ख्या वृद्धि भएको केन्द्रका प्राविधिक कृष्णबहादुर पुनले जानकारी दिनुभयो । “हामीले यस उद्यानलाई वनस्पति तथा आयुर्वेद विषय लिएर पढिरहेका विद्यार्थीहरुका लागि व्यावहारिक शिक्षा दिने स्थानका रुपमा विकास गरेका छाँै, गत आर्थिक वर्षमा मात्रै करीब ६० हजार मानिसहरुले अनुसन्धान केन्द्रमा अवलोकन भ्रमण गरेका छन्”, प्राविधिक पुनले भन्नुभयो । 

केन्द्रले परम्परागत औषधिजन्य वनस्पतिको अध्ययन गर्ने तथा त्यसलाई व्यावसायिक खेतीका लागि प्रोत्साहन गर्दै आएको छ ।  केन्द्रले जिल्लाका चार स्थानीय तहमा २० हजार हेक्टर जमीनमा सामूहिक टिम्मुर खेतीका लागि सहयोग गरेको प्राविधिक पुनले बताउनुभयो । “हामीले जिल्लाको हावापानीको अवस्थाका आधारमा वनस्पतिहरुको व्यावसायिक खेतीका लागि सहयोग गर्दै आएका छौँ, चालु आर्थिक वर्षमा कालीमाटी, दर्मा र  छत्रेश्वरी गाउँपालिका तथा बागचौर नगरपालिकामा टिम्मुर तथा काउलो खेतीका लागि सहयोग गरेका छौंँ”, पुनले भन्नुभयो । 

 केन्द्रले विभिन्न वनस्पति तथा पुष्पजन्य बिरुवाको नर्सरी स्थापना गरी निःशुल्क वितरण गर्दै आइरहेको छ । विभिन्न वनस्पति तथा फूलको सजवटले कार्यालय परिसरको सौन्दर्य त छँदैछ त्यसमा पनि आफ्नै वरिपरि भएका विभिन्न वनस्पतिको अवलोकनले मानिसलाई सोचमग्न बनाउने कार्यालयको भनाइ छ । 

अनुसन्धान केन्द्रले घर तथा बगँैचा कसरी सजावट गर्न सकिन्छ भन्ने विषयमा समेत जानकारी गराउँदै आएको छ । भिरालो जमीनलाई व्यवस्थापन गरेर बनाइएको वनस्पति उद्यानभित्रै कमलपोखरीदेखि ढुङ्गे बगैँचासमेत निर्माण गरिएको छ । उद्यानभित्र नेपालमै लोपोन्मुख भइरहेका वनस्पतिका नर्सरीसमेत राखिएको छ । 

अनुसन्धान केन्द्रमा चार जना मात्रको दरबन्दी भए पनि काम गर्ने मन भए कुनै कुराले रोक्न नसक्ने प्राविधिक पुनको भनाइ छ । “कार्यालयमा कर्मचारी पनि थोरै छौँ, बजेट पनि थोरै छ तर पनि हामीले यसलाई नेपालमै नमूना अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने सोचअनुरुप काम गरिरहेका छौँ ”, प्राविधिक पुनले भन्नुभयो । 

आगामी आर्थिक वर्षमा उद्यानमै केही भौतिक संरचना थप्ने योजना रहेको केन्द्रको भनाइ छ । “उद्यानमा प्रवेश गर्ने जोसुकैले पनि कुनै न कुनै नयाँ कुरा सिकेर व्यवहारमा उतारोस् र यहाँ आएपछि उसलाई आवश्यक पर्ने हरेक कुरा यहीँ प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले भौतिक संरचना थप्ने योजनामा छौँ”, प्राविधिक पुनले बताउनुभयो । 

केन्द्रमा अध्ययनअवलोकन गर्न आउनेहरुका लागि वनभोजस्थल, कृत्रिम छहरा, वनकालीको मन्दिरलगायत भौतिक संरचना थप गर्ने कार्यालयको लक्ष्य छ । वनस्पतिको व्यावसायिक रुपमा खेती गरे एकातिर राम्रो आम्दानीको स्रोत हुने र अर्कातर्फ वनस्पतिको संरक्षण हुने भएकाले पनि यसको महत्व बढेको केन्द्रको भनाइ छ ।

कर्णाली प्रदेशमा जुम्लामा वनस्पति केन्द्र रहे पनि मूलपानीमा रहेको वनस्पति अनुसन्धान केन्द्र पछिल्ला दिनमा आकर्षणको केन्द्र बन्न थालेको छ । कपुरकोट बजारदेखि चार किमी अगाडि रहेको  सो केन्द्रले वनस्पतिको खरीदबिक्रीका लागि समेत सङ्कलन केन्द्र निर्माण गरेर देशभर विस्तार थालेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ