२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यावहारिक अध्ययनका लागि आकर्षक गन्तव्य बन्दै वनस्पति केन्द्र

२२ असार २०७७, सोमबार ०७:३०

रमेशकुमार वली। असार २२, सल्यान । कपुरकोटको मूलपानीस्थित वनस्पति अनुसन्धान केन्द्र व्यावहारिक अध्ययनका लागि आकर्षक गन्तव्यका बन्न थालेको छ । केन्द्रले संरक्षण गरेका वनस्पतिसँंगै निर्माण गरिएका भौतिक पूर्वाधार तथा उद्यानको अध्ययन तथा अवलोकन गर्नेहरु उल्लेखनीय वृद्धि हुन थालेका छन् । 

केन्द्रले जिल्लाको हावापानीमा पाइने विभिन्न महत्वपूर्ण जडिबुटीलगायत पाँच सयभन्दा बढी वनस्पतिको संरक्षण गर्दै आएको छ । साथै केन्द्रले उद्यानभित्र औषधिजन्य वनस्पति तथा विभिन्न प्रजातिका फूलले सजिसजाउ भएपछि अध्ययनका लागि मात्रै नभएर घुम्ने उद्देश्यले समेत आउनेहरुको सङ्ख्या वृद्धि भएको केन्द्रका प्राविधिक कृष्णबहादुर पुनले जानकारी दिनुभयो । “हामीले यस उद्यानलाई वनस्पति तथा आयुर्वेद विषय लिएर पढिरहेका विद्यार्थीहरुका लागि व्यावहारिक शिक्षा दिने स्थानका रुपमा विकास गरेका छाँै, गत आर्थिक वर्षमा मात्रै करीब ६० हजार मानिसहरुले अनुसन्धान केन्द्रमा अवलोकन भ्रमण गरेका छन्”, प्राविधिक पुनले भन्नुभयो । 

केन्द्रले परम्परागत औषधिजन्य वनस्पतिको अध्ययन गर्ने तथा त्यसलाई व्यावसायिक खेतीका लागि प्रोत्साहन गर्दै आएको छ ।  केन्द्रले जिल्लाका चार स्थानीय तहमा २० हजार हेक्टर जमीनमा सामूहिक टिम्मुर खेतीका लागि सहयोग गरेको प्राविधिक पुनले बताउनुभयो । “हामीले जिल्लाको हावापानीको अवस्थाका आधारमा वनस्पतिहरुको व्यावसायिक खेतीका लागि सहयोग गर्दै आएका छौँ, चालु आर्थिक वर्षमा कालीमाटी, दर्मा र  छत्रेश्वरी गाउँपालिका तथा बागचौर नगरपालिकामा टिम्मुर तथा काउलो खेतीका लागि सहयोग गरेका छौंँ”, पुनले भन्नुभयो । 

 केन्द्रले विभिन्न वनस्पति तथा पुष्पजन्य बिरुवाको नर्सरी स्थापना गरी निःशुल्क वितरण गर्दै आइरहेको छ । विभिन्न वनस्पति तथा फूलको सजवटले कार्यालय परिसरको सौन्दर्य त छँदैछ त्यसमा पनि आफ्नै वरिपरि भएका विभिन्न वनस्पतिको अवलोकनले मानिसलाई सोचमग्न बनाउने कार्यालयको भनाइ छ । 

अनुसन्धान केन्द्रले घर तथा बगँैचा कसरी सजावट गर्न सकिन्छ भन्ने विषयमा समेत जानकारी गराउँदै आएको छ । भिरालो जमीनलाई व्यवस्थापन गरेर बनाइएको वनस्पति उद्यानभित्रै कमलपोखरीदेखि ढुङ्गे बगैँचासमेत निर्माण गरिएको छ । उद्यानभित्र नेपालमै लोपोन्मुख भइरहेका वनस्पतिका नर्सरीसमेत राखिएको छ । 

अनुसन्धान केन्द्रमा चार जना मात्रको दरबन्दी भए पनि काम गर्ने मन भए कुनै कुराले रोक्न नसक्ने प्राविधिक पुनको भनाइ छ । “कार्यालयमा कर्मचारी पनि थोरै छौँ, बजेट पनि थोरै छ तर पनि हामीले यसलाई नेपालमै नमूना अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने सोचअनुरुप काम गरिरहेका छौँ ”, प्राविधिक पुनले भन्नुभयो । 

आगामी आर्थिक वर्षमा उद्यानमै केही भौतिक संरचना थप्ने योजना रहेको केन्द्रको भनाइ छ । “उद्यानमा प्रवेश गर्ने जोसुकैले पनि कुनै न कुनै नयाँ कुरा सिकेर व्यवहारमा उतारोस् र यहाँ आएपछि उसलाई आवश्यक पर्ने हरेक कुरा यहीँ प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले भौतिक संरचना थप्ने योजनामा छौँ”, प्राविधिक पुनले बताउनुभयो । 

केन्द्रमा अध्ययनअवलोकन गर्न आउनेहरुका लागि वनभोजस्थल, कृत्रिम छहरा, वनकालीको मन्दिरलगायत भौतिक संरचना थप गर्ने कार्यालयको लक्ष्य छ । वनस्पतिको व्यावसायिक रुपमा खेती गरे एकातिर राम्रो आम्दानीको स्रोत हुने र अर्कातर्फ वनस्पतिको संरक्षण हुने भएकाले पनि यसको महत्व बढेको केन्द्रको भनाइ छ ।

कर्णाली प्रदेशमा जुम्लामा वनस्पति केन्द्र रहे पनि मूलपानीमा रहेको वनस्पति अनुसन्धान केन्द्र पछिल्ला दिनमा आकर्षणको केन्द्र बन्न थालेको छ । कपुरकोट बजारदेखि चार किमी अगाडि रहेको  सो केन्द्रले वनस्पतिको खरीदबिक्रीका लागि समेत सङ्कलन केन्द्र निर्माण गरेर देशभर विस्तार थालेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह