२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘कोरोना प्रभावितलाई दुर्व्यवहार नगरौँ’

२३ असार २०७७, मंगलवार ०७:५२

असार २३, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ बाट प्रभावित भई क्वारेन्टिन, आइसोलेसनमा बसेका वा डिस्चार्ज भई घर गएका व्यक्तिलाई दुव्र्यवहार नगर्न अनुरोध गरेको छ । पछिल्लोपटक क्वारेन्टिन आसपासका समुदायले कोरोना प्रभावितलाई दुव्र्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरेका खबर सार्वजनिक भएपछि प्रशासनले यस्ता अपमानजनक व्यवहार नगर्न सबैमा अपिल गरेको हो ।

“घरपरिवारका सदस्य, छिमेकी वा अन्य व्यक्तिहरुले होच्याउने, अपमानित गर्ने, घृणा गर्ने, दुव्र्यवहार गर्नेजस्ता अमानवीय कार्य सामाजिक सद्भाव, शान्ति र कानून विपरीत भएको अवगत नै छ”, प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता दण्डनीय कार्य गर्नेविरुद्ध गाउँ÷नगरपालिका, प्रहरी वा प्रशासन कार्यालयलाई समयमै सूचना उपलब्ध गराई पीडितलाई न्याय प्रदान गर्न सहयोगको अपेक्षा गर्दछौँ ।” प्रशासनले कानून विपरीत यस्ता कार्य गर्ने जोकोहीलाई प्रचलित कानूनबमोजिम गरिने चेतावनी दिएको छ ।

समाजले होच्याउने वा अपमानजनक व्यवहार गर्ने हुँदा कतिपय व्यक्ति कोरोना भाइरस परीक्षण गराउन तयार नहुने समस्या देखिएपछि प्रशासनले दुव्र्यवहार गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल