2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

जोखिम बढेपछि जिल्ला प्रवेश नाकामा कडाइ

असार २५, काभ्रेपलाञ्चोक। कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने नाकामा थप कडाइ गरिएको छ । साथै अनुमतिबिनाका सवारीलाई पूर्णरूपमा रोक लगाइएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

एक महिनाको अवधिमा काभ्रेपलाञ्चोकका १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रवेशनाकामा थप कडाइ गरिएको हो । जिल्लामा प्रवेशनाका मध्यपहाडी तथा पूर्वी क्षेत्रबाट बिपी राजमार्ग हुँदै सवारी आवागमन हुने स्थान मङ्गलटार, सिन्धुपाल्चोक र दोलखाबाट अरनिको राजमार्ग हुँदै आवागमन हुने नाका दोलालघाट तथा काडमाडौँ उपत्यकामा आवागमन हुने मुख्यनाका साँगामा थप कडाइ गरिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार सवारी पास अनुमतिको प्रयोगलाई अझ प्रभावकारी बनाइनेछ ।

 स्वास्थ्य निर्देशिका बमोजिम सवारी साधनमा यात्रा गर्नेले मास्क नलगाएको तथा दूरी कायम नगरेको पाइए पनि कारवाही गरिने तिमल्सिनाले बताउनुभयो । “हाल काभ्रेपलाञ्चोकबाट अन्य जिल्लामा जाने सार्वजनिक यातायात बस, मिनीबस तथा माइक्रोबससमेतलाई पास नदिने निर्णय भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार अन्य सवारीका हकमा पासमा उल्लेख भएका यात्रु सङ्ख्याको बारेमासमेत विशेष निगरानी गरिनेछ ।

यसैबीच उच्च जोखिमका कारण बढी जनघनत्व भएका शहरबाट जिल्लामा आउनेलाई स्थानीय क्वारेन्टिन वा होम क्वारेन्टिनमा बस्ने सुनिश्चिततापछि मात्रै अनुमति दिइएको छ । यसका लागि स्थानीय तहले आफ्ना नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने ग्यारेन्टी गरेपछि मात्रै कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले सहजीकरणको व्यवस्था मिलाएको हो । बढी जनघनत्व भएका काठमाडाँै, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढी, जनकपुर आदि शहर तथा जिल्ला सदरमुकामबाट आउनेजानेका स्थानीय तहद्वारा सुनिश्चितता गर्नुपर्ने भएको हो । आवागमन गर्ने नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने विषयमा सम्बन्धित पालिकाद्वारा सुनिश्चितता भएपछि मात्रै अनुमति दिइने पोष्टले जनाएको छ ।

पोष्टका अनुसार हाल जिल्लामा स्थलमार्ग अथवा हवाईमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरहको सुविधा भएको ब्यहोरोसहित होम क्वारेन्टिनमा बस्न अनुरोध गर्नुपर्छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिमको होम क्वारेन्टिनसम्बन्धी नियम पालना गर्ने गरी होम क्वारेन्टिन बस्ने अनुमति दिइने निर्णय गरिएको छ । साथै विदेशबाट आएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधासम्पन्न होटल क्वारेन्टिन राख्ने तयारीसमेत गरिएको छ ।

हाल करिब २०० नागरिक स्थानीय तहका क्वारेन्टिनमा बसेको पोष्टले जनाएको छ । हालसम्म विदेशबाट १६३ आएका छन् । काभ्रेपलाञ्चोकका स्थानीय तहमा रहेका क्वारेन्टिनको क्षमता विस्तार गर्दै स्वास्थ्य सुरक्षा थप व्यवस्थित गर्न १०० श्यया क्षमताको बनाउने तयारी गरिएको छ । हालसम्म काभ्रेपलाञ्चोकका १४ सङ्क्रमितमध्ये सात उपचारपछि घर फर्किएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई