2026-09-13 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराका पर्यटन व्यवसायी कँडेलद्वारा छ लाख भाडा छुट

असार २५, चिप्लेढुङ्गा । पर्यटन व्यवसायी अग्नि कँडेलले पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहतस्वरुप तीन महिनाको घरभाडा मिनाहा गर्नुभएको छ । कोभिड–१९ को प्रभावका कारण लेकसाइड गत चैत महिनादेखि सुनसान छ ।

लाखौँ लाख रुपैयाँ भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले व्यवसाय बन्द गरेर बस्नु पर्दा घरभाडा तिर्न सकिरहेका छैनन् भने व्यवसायबाट पलायन हुनुपर्ने अवस्थासमेत देखिएको छ ।

“असहज परिस्थितिमा सहयोगी बनेर एकअर्काको दुःख बुझ्न सक्ने हुनुपर्छ, हामीले त्यसैको शुरुआत गरेका हौँ”, कँडेलले भन्नुभयो । उहाँकी पत्नी निर्मलाले तीन महिनाको छ लाख र व्यवसाय पुनःसञ्चालन नहुँदासम्म ५० प्रतिशत भाडा सहुलियत दिने बताउनुभयो । 

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले विषम परिस्थितिमा पर्यटन व्यवसायीको समस्या बुझेर कँडेल दम्पतीले गर्नुभएको तीन महिनाको भाडा र थप भाडामा ५० प्रतिशत छुट निकै सकारात्मक भएको भन्दै अन्य घरधनीले पनि अनुशरण गर्नुपर्ने बताउनुभयो । 

विश्वकर्मा कल्याण समाजको पक्की भवन

विश्वकर्मा कल्याण समाज कास्कीले चारकोठे पक्की भवन निर्माण गरेको छ । पोखरा महानगरपालिका–१८ धारापानीमार्गमा खरिद गरेको चार आना जग्गामा रु ६७ लाख लागतमा समाजले शौचालयसहित चारकोठे पक्की भवन निर्माण गरेको हो ।

 कास्की निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मामार्फत स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १० लाख एवं प्रदेशसभा सदस्य रामजी बराल (जीवन) मार्फत प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १६ लाख र बाँकी आन्तरिक स्रोत जुटाएर भवन निर्माण गरिएको समाजका महासचिव दीपक घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाभरि छरिएर रहेका विश्वकर्मा समुदायका सदस्यलाई सङ्गठित गर्दै संवैधानिक हकअधिकारसहित विविध गतिविधि सञ्चालनमा भवन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “भवन निर्माणमा समाजका सदस्यहरुले देखाउनुभएको उत्साहले थप प्रेरणा मिलेको छ ।”

कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि गरिएको बन्दाबन्दीको समयमा शुरु गरिएको सो भवन निर्माणकार्य अहिले अन्तिम चरणमा पुगेको समाजका सहकोषाध्यक्ष रुपलाल सुनारले जानकारी दिनुभयो । आगामी साउन महिनाभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको बताउँदै उहाँले भन्नुभयो, “भवन निर्माणमा रु ४१ लाख बराबरको जनसहभागिता परिचालन गरिएको हो ।”

जिल्ला समन्वय समितिका कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीसहितको टोलीले निर्माणाधीन भवनको अनुगमन गरेको थियो । समाजको स्थायित्वका लागि रु १५ लाखको अक्षयकोष स्थापना गरिएको छ भने त्यसको ब्याजबाट विविध सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको सो समाजमा हाल एक हजार ५० जना आजीवन र साधारण सदस्य आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले