२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराका पर्यटन व्यवसायी कँडेलद्वारा छ लाख भाडा छुट

२५ असार २०७७, बिहीबार १०:१५

असार २५, चिप्लेढुङ्गा । पर्यटन व्यवसायी अग्नि कँडेलले पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहतस्वरुप तीन महिनाको घरभाडा मिनाहा गर्नुभएको छ । कोभिड–१९ को प्रभावका कारण लेकसाइड गत चैत महिनादेखि सुनसान छ ।

लाखौँ लाख रुपैयाँ भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले व्यवसाय बन्द गरेर बस्नु पर्दा घरभाडा तिर्न सकिरहेका छैनन् भने व्यवसायबाट पलायन हुनुपर्ने अवस्थासमेत देखिएको छ ।

“असहज परिस्थितिमा सहयोगी बनेर एकअर्काको दुःख बुझ्न सक्ने हुनुपर्छ, हामीले त्यसैको शुरुआत गरेका हौँ”, कँडेलले भन्नुभयो । उहाँकी पत्नी निर्मलाले तीन महिनाको छ लाख र व्यवसाय पुनःसञ्चालन नहुँदासम्म ५० प्रतिशत भाडा सहुलियत दिने बताउनुभयो । 

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले विषम परिस्थितिमा पर्यटन व्यवसायीको समस्या बुझेर कँडेल दम्पतीले गर्नुभएको तीन महिनाको भाडा र थप भाडामा ५० प्रतिशत छुट निकै सकारात्मक भएको भन्दै अन्य घरधनीले पनि अनुशरण गर्नुपर्ने बताउनुभयो । 

विश्वकर्मा कल्याण समाजको पक्की भवन

विश्वकर्मा कल्याण समाज कास्कीले चारकोठे पक्की भवन निर्माण गरेको छ । पोखरा महानगरपालिका–१८ धारापानीमार्गमा खरिद गरेको चार आना जग्गामा रु ६७ लाख लागतमा समाजले शौचालयसहित चारकोठे पक्की भवन निर्माण गरेको हो ।

 कास्की निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मामार्फत स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १० लाख एवं प्रदेशसभा सदस्य रामजी बराल (जीवन) मार्फत प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १६ लाख र बाँकी आन्तरिक स्रोत जुटाएर भवन निर्माण गरिएको समाजका महासचिव दीपक घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाभरि छरिएर रहेका विश्वकर्मा समुदायका सदस्यलाई सङ्गठित गर्दै संवैधानिक हकअधिकारसहित विविध गतिविधि सञ्चालनमा भवन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “भवन निर्माणमा समाजका सदस्यहरुले देखाउनुभएको उत्साहले थप प्रेरणा मिलेको छ ।”

कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि गरिएको बन्दाबन्दीको समयमा शुरु गरिएको सो भवन निर्माणकार्य अहिले अन्तिम चरणमा पुगेको समाजका सहकोषाध्यक्ष रुपलाल सुनारले जानकारी दिनुभयो । आगामी साउन महिनाभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको बताउँदै उहाँले भन्नुभयो, “भवन निर्माणमा रु ४१ लाख बराबरको जनसहभागिता परिचालन गरिएको हो ।”

जिल्ला समन्वय समितिका कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीसहितको टोलीले निर्माणाधीन भवनको अनुगमन गरेको थियो । समाजको स्थायित्वका लागि रु १५ लाखको अक्षयकोष स्थापना गरिएको छ भने त्यसको ब्याजबाट विविध सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको सो समाजमा हाल एक हजार ५० जना आजीवन र साधारण सदस्य आवद्ध रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च