२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

२६ असार २०७७, शुक्रबार १४:२३

कृष्ण दवाडी | असार २६, कास्की | पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही छिमेकीलाई निम्ता गरिएको थियो । 

सराङकोटको तल्लो भाग सेदीका १९ वर्षीय अनिस तामाङ पनि पिङ्की दिदी९ मितबाबुको छोरी० को जन्म दिन मनाउन साँझ गोठादी पुग्नुभएको थियो । साँझदेखि नै निरन्तर पानी परिरहेको थियो । जन्मदिनको ‘सेलिब्रेसन’ सकिएपछि राति १०:३० बजेतिर खाना खाएर केही छिमेकीहरु आ–आफ्नो घरतिर लागे ।

परिवारका सदस्य तथा आफन्त भने १२ बजे मध्यराति पिङ्कीलाई अन्तिमपटक शुभकामना दिएरमात्र सुत्ने योजनामा डेढ घण्टा गफ गरेर बसे । “सेलिब्रेसन सकिएपछि कोही आफ्नो घर जानु भयो भने हामी भने ठ्याक्कै १२ बजे दिदीलाई अन्तिम पटक शुभकामना दिएर सुत्ने योेजनाअनुसार गफ गरेर बस्यौँ ।” पहिरोमा परी घाइते भर्ई मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका तामाङले भन्नुभयो,“ १२ बजे राति सबैले दिदीलाई ‘लास्ट बर्थ डे वीस’ गरेर आ–आफ्नो कोठामा सुत्न गयौँ ।” 

अनिससहित सात जना एउटै कोठामा सुतेका थिए भने ६ जना अन्य कोठामा थिए । तर उनीहरुको सुतेको दुई घण्टामानै घर पहिराले बगायो । माथिबाट पानीको भेलले पर्खाल भत्किएपछि घरसमेत सँगै पहिराले बगाएको थियो । पहिरो आएसँगै आफू बेहोस भएको र घरमुनिको बारीको बाँसको झ्याङ नजिक कुनामा हिलोमा गाडिएको अवस्थामा  होसमा आएको तामाङले बताउनुभयो । 

घटनाको स्मरण गर्दै उहाँले भन्नुभयो, “सुत्ने बेलामा ठूलो पानी परिरहेको थियो, अरु केही थाहा भएन, पछि होसमा आउँदा हिलोमा गाडिएको र टाउको चलाउन नसक्ने अवस्थामा रहेछु, घर भत्किएको रहेछ, उठेर अलि माथि गएको रशी भाइ ९अर्का घाइते० रहेछ, उसलाई लिएर गएर उसको बाबालाई घटनाबारे भन्यौँ ।” अन्य घाइतेसँगै आफूलाई बिहान ५ बजेतिर अस्पताल ल्याइएको उहाँको भनाइ छ । 

अर्का घाइते रशी थापामगरले पनि होसमा आएपछि मात्र घटनाबारे जानकारी भएको बताउनुभयो । “केही पनि थाहा भएन । पछि एक्कासी बारीमा रहेछु, टाउकोबाट रगत आइरहेको रहेछ, पिङ्की दिदी,अनिस दाई, कृपा, इसिका भाञ्जीसहित हामी सात जना एउटै कोठामा थियौँ” थापाले भन्नुभयो । 

छिमेकी चिजा गुरुङले आफू र छोरी राति १० बजे जन्मदिनको कार्यक्रममा सहभागी भएर फर्किएको र थापाका परिवारका सदस्य तथा दमौलीबाट आउनुभएका सालीको परिवारसहितका व्यक्ति घरमा रमाइलो गरेर बसिरहेको बताउनुभयो । पहिरोमा परी पिङ्कीका बाबु, आमा ४५ वर्षीया सोममाया थापा, आफन्त ११ वर्षीया इशिका थापामगर र छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको थियो ।

घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएको र उनीहरुको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । 

सोही वडाका वडाध्यक्ष रणबहादुर थापाले ठूलो पानी परेपछि कृषि सडक भन्दा माथि पहिरो गएको र त्यसले नालाको पानी बन्द भएको र शाखाबाटामा लगाएको पर्खालसहित भत्किएर घर पहिरोले क्षति पुर्याएको बताउनुभयो । उहाँले भन्नुभयो,“बाढीका कारणले नै घटना घटेको हो, पहाडको आडमा जोडिएको घर भएकाले पहिराले बगाएपछि हार गुहार समेत भएन ।” 

यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्राकृतिक विपत्तीबाट प्रभावितहरुका लागि उद्धार र राहतका लागि सरकारले जिल्लास्थित सबै निकायहरुलाई परिचालित गरिएको बतानुभएको छ । प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनधनको क्षति भएपछि आज एक विज्ञप्ती जारी गरी उहाँले  पहिरो र बाढीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि तथा परिवारजनमा समवेदना प्रकट व्यक्त गर्नुभएको छ । 

प्रदेशका कास्की, लमजुङ, म्याग्दीलगायतका जिल्लामा गरी हालसम्म ११ जनाको मृत्यु भएको तथा १६ जनाको सकुशल उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । पहिरोका कारणले १० घर  पूर्ण क्षति भएको र तीन घरमा आंशिक क्षति भएको तथा कतियपय मानिस अहिले पनि बाढी र पहिरोमा हराइरहेकाले उनीहरुको खोजविन तथा उद्धारमा सुरक्षाकर्मी परिचालन गरिएको मन्त्री चुमानले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । समस्याग्रस्त क्षेत्रहरुमा विपद् व्यवस्थापन समितिमार्फत खाद्यान्न, त्रिपाल तथा बन्दोबस्तीका सामानहरुको व्यवस्था गरिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की